काठमाडौँ । घरेलु खेलमैदान दशरथ रंगशालामा भइरहेकाे वुमेन्स साफ च्याम्पियनसिपमा नेपाली टिम सेमिफाइनल प्रवेश गरेको छ। नेपालले समूह ‘बी’ विजेताका रूपमा सोमबार भएकाे समूहको अन्तिम लिग खेलमा श्रीलंकालाई ६-० ले हरायो । यो जितपछि नेपालको दुई खेलबाट अधिकतम ६ अंक भएको छ ।
पहिलो हाफमा नेपाल चार गोलले अगाडि रहेको थियो । नेपालको जित एकपक्षीय रह्यो र श्रीलंकाले पूरा खेल अवधिमा कुनै पनि आक्रमण गर्न सकेन । नेपाल प्रतियोगिताको सेमिफाइनल पुगेको यो लगातार छैटौं संस्करण हो । नेपाल प्रतियोगिताका सबै संस्करणमा कम्तीमा सेमिफाइनल पुगेको छ । नेपालका लागि रश्मिकुमारी घिसिङ, सरु लिम्बू, अमृता जैसी र दीपा शाहीले एक/ एक गोल गरे । यस्तै अमिशा कार्कीले दुई गोल गरिन् । लगातार दुई हारपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकामाथि नेपालको यो लगातार आठौं जित हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…