पाल्पा । वातावरणीय पत्रकारितामा खोजमूलक तथा सिर्जनातत्मक रचना गर्ने पत्रकारलाई प्रदान गरिँदै आएकाे भैरव रिसाल मिडिया फेलोसिप २०७९, पुरस्कार पाल्पाका पत्रकार माधव अर्याललाई प्रदान गरिएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले ६ वर्षदेखि फेलोसिप पुरस्कार प्रदान गर्दै आएको छ ।
कान्तिपुर मिडियामा आवद्ध अर्याल लाइ एन्फोको ३१ औं वार्षिक साधारणसभाका अवसरमा वरिष्ठ वातावरण पत्रकार भैरव रिसाल, एन्फोका अध्यक्ष राजीव जोशी र समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका हुन । फेलोसिप पुरस्कारको राशि २५ हजार रहेको छ ।
पत्रकार अर्याल दुई दशकदेखि पाल्पाबाट वन, वातावरण, जनस्वास्थ्यको क्षेत्रमा कार्यरत छन् । वरिष्ठ वातावरण पत्रकार भैरव रिसालले ९०औं जन्मोत्सवका अवसरमा ६ वर्षअघि एन्फो संस्थामार्फत् यो फेलोसिप पुरस्कार स्थापना गरेका हुन् । वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोषबाटसमेत अर्यालले यसअघि वातावरण पुरस्कारसमेत पाइसकेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…