लोक दोहोरी प्रतियोगिताको समापन भव्य रूपमा टोकियोमा सम्पन्न !

टोकियो: नेपाल र नेपालीको पहिलो अनलाइन लोक दोहोरी प्रतियोगिता “गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगिता सिजन १” को समापन कार्यक्रम भव्यताका साथ नारायण पौडेल र बिमला सुनुवारको टिम प्रथम भएको घोषणा गदै टोकियोमा भव्य रुपमा सु-सम्पन्न भएको छ।

नेपाली लोक संगितको क्षेत्रमा फरक नभएपनि फरक तरिकाले गर्ने सोचका साथ २०७९ बैशाख देखि सुरुभएको कार्यक्रमको शुभारम्भ देखि समापन कार्यक्रम जापानको टोकियो बाट गरिएको छ। कार्यक्रममा सहभागि पचास टिम बाट सुरुभएको कार्यक्रम नारायण पौडेल र विमला सुनुवारको टिम, बसन्त तिमिल्सेना र संगिता तामाङ टिम साथै लक्ष्मण घिमिरे र दिलु मगरको टिम क्रमश प्रथम, द्धितिय र तृतिय भएका छन्।

उक्त समापन समारोह कार्यक्रम निर्माता विश्वास आर्चायको सभापतित्वमा भएको थियो। कार्यक्रममा प्रमुख अतिथी जापान स्थित नेपाली राजदुताबासका प्रथम सचिव जित बाहादुर कार्की, अतिथीहरुमा NRNA ICC उप महासचिब श्री ओम गुरुङ, एसिया प्यासेफिक उप सम्योजक श्री ददिबल खड्का,NRNA जापानका  अध्यक्ष श्री शिब पौडेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष श्री मोहन घले, NRNA जापानका माहासचिब सिदार्थ श्रेष्ठ  , नेपाली ब्यबसायी समिती जापानका अध्यक्ष श्री बिजय थकाली, अनेसास जापानका अध्यक्ष श्री रविन शर्मा, नेपाली भाषा साहित्यको अनुसन्धानकर्ता जापानी नागरिक नेपाल र नेपाली लाई माया गर्ने श्री आरु हितो नोज़ु, नेपाल न्युज पोस्ट डट कम का प्रधान सम्पादक राजन गौतम, नेपाल पत्रकार महासंघ जापानको कार्यसमिती सदस्य दिपक गौतम, मातृ सन्देस डट कम का प्रधान सम्पादक एबम् नेपाल पत्रकार महासंघ जापानका सचिब को उपस्थिती रहेको थियो।

प्रतियोगितामा निर्णायकको भुमिका परदेशी गायक सुर्य खड्का, चर्चित लोक गायक रामचन्द्र चन्द र गायिका टिका सानुले निर्वाह गर्नुभएको प्रतियोगिताका निर्देशक संजय पौड्यालले बताउनुभयो। उहाँले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न हरतरहले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद पनि व्यक्त गर्नुभएको छ।

कार्यक्रममा कार्यक्रम सफल भएकोमा धन्यवाद दिदै आगामि सिजन २ को लागि अग्रिम शुभकामना व्यक्तगदै मन्तब्य दिने महानुभावहरुमा क्रमश अनेसास जापानका अध्यक्ष रविन शर्मा, आरु हितो जोनु, सन्काइ ट्रभाल्सका, सुमन लोक्जु, नेपाली ब्यबसायी समिती जापानका अध्यक्ष बिजय थकाली, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, एसिया प्यासेफिक उप सम्योजकददिबल खड्का, NRNA ICC उप महासचिब ओम गुरुङ र NRNA जापानका अध्यक्ष शिव पौडेल हुनुहुन्थ्यो।

कार्यक्रममा सफल बनाउन बिशेष योगदान दिने NRNA जापानले सफल गराउन भूमिका निर्भाह गरेकोमा अध्यक्ष श्री शिब पौडेल, NRNA एसिया प्यासेफिक अप संम्योजक एव भेटघाट रेन्टुरेन्टका संचालक श्री ददिबल खड्का, कार्यक्रमलाई शुरुवाती चरणदेखि समापनसम्म महत्वपूण भुमिका खेली सहयोग पुराउनुहुने नेपाल पत्रकार महासघ जापानका अध्यक्ष श्री मोहन घले, निर्णायक मण्डलमा रहि अहोरात्र खटिने निर्णायक परदेसी गाएक श्री सुर्य खड्का साथै नेपाल र नेपालीलाई माया गर्ने भाषा साहित्यका अनुसन्धान कर्ता नेपालको लोक संस्कृतिलाई अत्यधिक मन पराउने जापानी नागरिक श्री आरु हितो नोजु लाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो।

समापन समारोहका सभापति एव कार्यक्रम निर्माताले कार्यक्रमलाई भव्य र सब्य बनाउन प्रायोजन गरि सहयोग गरिदिनुहुने सम्पूण प्रायोजक, सहप्रायोजक र समापन समारोहमा उपस्थित प्रमुख अथिति, अथितिहरुको साथै कार्यक्रमक प्रतियोगिहरुलाई विशेष धन्यबाद दिनुभएको थियो। कार्यक्रम संयोजक कमल पंथी लगायत सहजकर्ता हेमनाथ खराल, नील अधिकारी ,मनोज  परियर ,गोविन्द चालीसे, साथै दोहोरी प्रतियोगितामा अथितिहरुको व्यबस्थापनको भुमिका निर्वाह गर्नु हुने आयोजकका बिन्दु पंथी , कुमार परियार को साथै सुसान्त सम्साल लाई कार्यक्रम सफल बनाउन भुमिका निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । कायक्रमको संचालन कार्यक्रम प्रस्तोता दिनेश गौतमले गर्नुभएको थियो ।

 

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago