निर्वाचन लक्षित अभियान संचालन गर्दै आदिवासी जनजाती महासंघ

कृष्ण पोखरेल
पाल्पा, २७ साउन ।
आगामी निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले निकट आदिवासी जनजाती महासंघले गाउँघर केन्द्रित घरदैलो अभियान संचालन गर्ने निर्णय गरेको छ । शुक्रवार तानसेनमा बसेको बैठकले आउदो मंसिर ४ गते हुन गईरहेको संघ र प्रदेशको निर्वाचन लाई लक्षित गरी पाल्पाको १० पालिकामा जातिय संगठनहरुको भेला गर्ने निर्यण गरेको हो ।

महासंघको बैठकमा नेकपा एमाले पोलिटिव्युरो सदस्य एवं पाल्पा इन्चार्ज ठाकुर गैरेले पाल्पा आदिवासी जनजातीहरुको बाहुल्यता भएको जिल्ला भएकाले एमाले बलियो बनाउने जिम्मेवारी पनि आदिवासी जनजातीहरुको भएको बताए। जिल्लामा एमाले पाटी बलियो भए मात्र आदिवासी जनजातीले विभिन्न अवशरहरु पाउने भएकोले  संगठन निर्माण जुट्न महासंघमा आवद्ध कार्यकर्तालाई अनुरोध गरे । आदिवासी जनजातीहरुको सहयोगकै कारण महागठवन्धका विरुद्ध पनि एमाले पाल्पामा पहिलो भएको र आगामी दिनमा पनि पहिलो नै हुने एमाले पाल्पा इन्चाज गैरेले बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्राज घिमिरेले एमालेले जिल्लाका आदिवासी तथा जनजाती नेता तथा कार्यकर्ताहरु लाई स्थानीयतहको निर्वाचन देखी संघ र प्रदेशको निर्वाचनमा महत्वपुर्ण भुमिका, जिम्मेवारी तथा अवशर दिदै आएको आगामी दिनमा पनि महत्वपुर्ण अवशर प्रदान गर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेश सदस्य ओम बहादुर घर्तिमगरले एमाले पाल्पाले आदिवासी जनजातीको मुद्दा र समस्यालाई प्राथमिकताका साथ उठाउदै आएको, स्थानीयतहका निर्वाचनमा आदिवासी जनजातीहरुलाई प्राथमिकतामा राखेकोले, संघ र प्रदेशको निर्वाचन लाई लक्षित गरेर घरदैलो अभियान संचालन गर्न अनुरोध गरे ।

बैठकमा एमाले पाल्पा सचिवालय सदस्य नविन थापाले आगामी निर्वाचनमा सबै स्थानमा एमालेको जित सुनिश्चित हुने गरी कार्यकर्ता परिचाचित हुनुपर्नेमा जोड दिएका थिए । बैठकले सरकारले गरेको चर्काे मूल्यबृद्धि, दिनहु बढ्दै गएको भष्ट्रचार, हरेक क्षेत्रमा बढ्दै गएको कुशासनको भण्डाफोर अभियान संचालन गर्ने निर्यण गरेको छ । महासंघका जिल्ला अध्यक्ष कृष्ण बहादुर सारुको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष रामलाल श्रेष्ठको स्वागत र सचिव गणेश रानाले संचालनमा भएको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago