विराटनगर: विराटनगरमा रहेका नेवार समुदायले शुक्रबार भव्यताका साथ गाईजात्रा निकालेका छन् । नेवार समुदायको साँस्कृतिक थलो काठमाडौं उपत्यकामा मात्रै केन्द्रित नभई विराटनगरमा बसोबास गर्ने नेवार समुदायले आफ्ना परिवारका दिवंगत सदस्यहरूको स्मरणमा गाईजात्रा निकालेका हुन् ।
उनीहरूले विराटनगरस्थित झिःपुचको कार्यालयबाट निकालेको गाईजात्रा र्याली मेनरोड हुँदै कोसी राजमार्ग फन्को लगाएका छन् ।
आफ्नो समुदायको परिहनमा सजिएका नेवार समुदायले गाईजात्रामा परम्परागत लाखे नाचसहितका झाँकीहरू प्रदर्शन गरेका छन् । लाखे नाच नाच्न र त्यसको व्यवस्थापनमा पाका उमेरका भन्दा युवा पुस्ताहरू ठूलो संख्यामा संलग्नमा देखिएका छन् ।
चर्को गर्मीका कारण बयोवृद्धहरू भने सिटी रिक्सामा चढेर गाईजात्रामा सहभागी भएका छन् । नेवारी बाहेकका पहाडी समुदायमा भने आज जनै फेर्ने र रक्षा बन्धन बाँध्ने गरिन्छ । विराटनगरसहित तराईका जिल्लामा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन पर्व मनाएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…