हात्तीको संख्यामा नेपालमा उल्लेख्यनिय वृद्धि

झापा: देशभर अहिले हात्तीको संख्या ४ सय हाराहारी पुगेको छ । करिब १५ वर्षअघि अर्थात् सन् २००८ मा डेढ सय हाराहारीमा रहेको हात्तीको संख्या अहिले झन्डै दोब्बरभन्दा बढी पुगेको हो । मानव–द्वन्द्वका बाबजुद पनि देशमा हात्तीको संख्या वृद्धि भएको हो । यो द्वन्द्वका कारण मान्छेसँगै हात्ती पनि मारिने क्रम बढेको छ । २० वर्षमा ३९ वटा हात्ती मारिएका छन् । जसमध्ये ३४ विद्युतीय झट्काका कारण र ६ वटा हात्ती गोली प्रहारका कारण मारिएका हुन् । झापामा मात्रै विगत १५ वर्षमा १५ वटै हात्ती मारिएका छन् ।
संरक्षणविद् डा. अशोक रामका अनुसार देशभर करिब २ सय २७ वटा रैथाने हात्ती रहेका छन् । १ सय २० देखि १ सय ५० वटा हात्ती भारततिरबाट आउने गरेका छन् । खासगरी झापा र बर्दियामा आप्रवासी हात्ती आउने गरेका छन् । भारतको पश्चिम बंगालमा हाल करिब ६ सय हाराहारीमा हात्ती छन् । ती हात्ती खास गरी झापा आएर रैथाने हात्तीसँग मिसिने गरेको पनि पाइएको छ । ‘कतिपय यतै मिसिन्छन्, कतिपय भने फर्किन्छन्,’ हात्ती संरक्षणकर्मी शंकर लुइँटेल भन्छन् ।
नेपालमा १ सय ७६ हात्ती घरपालुवा छन् । ती हात्ती विभिन्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका छन् । जसमध्ये ९९ वटा हात्ती सरकारी तबरबाट र ७७ हात्ती निजी रुपमा पालिएको छ ।

हात्ती विज्ञ रामले हालै भारतको वन्यजीव संस्थानबाट ‘एसियाली हात्तीको बासस्थान, जनसंख्या र मानवसँगको सम्बन्ध’ बारे विद्यावारिधी गरेका हुन् । त्यही क्रममा गरिएको एक अध्ययन अनुसार सबभन्दा बढी बाँके–बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रमा कोरिडरमा १ सय १३ हात्ती छन् । चितवन–पर्सा क्षेत्रमा ४५, शुक्लाफाँटामा २६, झापामा १९ र कोसीमा १६ वटा हात्ती छन् ।
देशका २० जिल्लामा जारी मानव–हात्ती द्वन्द्वको चपेटामा परेर २ सय ७४ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । मेचीको झापादेखि महाकालीको कञ्चनपुरसम्म दुई दशकयता भएको यो अनौठो द्वन्द्वबाट ती सर्वसाधारणले अकालमा ज्यान गुमाएका हुन् ।

सबभन्दा बढी झापामा ४१ तथा कम महोत्तरी र नवलपरासीमा १–१ जनाले हात्ती आक्रमणबाट ज्यान गुमाएका छन् । हात्ती अनुसन्धाता अशोक रामका अनुसार झापापछि मध्यवर्ती क्षेत्र बर्दियामा हात्ती आक्रमणबाट ४० जनाको ज्यान गएको छ । त्यस्तै चितवनमा २६, सप्तरीमा २३, पर्सामा २१, बारामा २०, सिरहा र उदयपुर १६/१६, सुनसरीमा १५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सिन्धुली र धनुषा ९/९, मोरङ ८, रौतहट ७, सर्लाही, मकवानपुर र कञ्चनपुरमा ५/५ जनाको, इलाममा ४ र बाँकेमा २ को मृत्यु हात्ती आक्रमणबाट भएको छ । २० जिल्लामा १ सय बढी सर्वसाधारण अंगभंग भई घाइते भएका छन् ।

देशभरि ६ हजार ६ सय ६ जनाको अन्नबालीमा क्षति पुगेको छ । ३ हजार ७ सय ७५ जनाको भौतिक क्षति भएको छ । ‘हात्ती हामीप्रति बढी आक्रामक बन्दै जानुको कारक हामी नै हौं,’ हात्ती विज्ञ रामले भने, ‘हामीले आफनो आचरण र व्यवहार नसच्चाएसम्म मानव–हात्ती दुवैलाई बराबरी खतरा छ ।’

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago