के गभर्नरले नैतिकता देखाउलानत? ,एम. अधिकारी भन्ने व्यक्ति महाप्रसाद अधिकारी नै हुन्

काठमाण्डौ: गभर्नर महाप्रसाद अधिकारीले आफू कुनै पार्टी राजनीतिमा नरहेको बताएका छन् । प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा अधिकारीलाई पनि राखिएको विषयमा समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका गभर्नर अधिकारीले यस्तो प्रष्टीकरण दिएका हुन् ।

उनले भनेका छन्–‘यसरी कोही बस्छ ? वास्तवमा म कतै कुनै पार्टी राजनीतिमा छैन । कोही भए पनि यस्तो गहन जिम्मेवारीमा रहेर त्यस्तो कुरा मान्छ र ?’

उनलाई एमालले गठन गरेको अर्थ तथा योजना विभागको सदस्यको दोश्रो नम्बरमा राखिएको छ । महाप्रसाद अधिकारी भनी नाम राख्दा विवाद आउने ठानेर एमालेले उनको नाम एम. अधिकारी भनी राखेको छ । उनको जिल्ला भने खोटाङ नै राखिएको छ ।

सो विभागका एक सदस्यका अनुसार एम. अधिकारी भन्ने व्यक्ति महाप्रसाद अधिकारी नै हुन् ।

अधिकारी एमाले समर्थित व्यक्ति हुन् । एमाले सरकारको पालामा उनी लगानी बोर्डको अध्यक्ष समेत भएका थिए । लगानी बोर्डमा भएकै अवस्थामा एमालेले अर्थमन्त्री बनाएका डा. युवराज खतिवडाको जोडबलमा उनलाई गभर्नर बनाइएको थियो ।

अहिले पनि गभर्नर अधिकारीले लिने कतिपय महत्वपूर्ण निर्णयहरुमा डा. खतिवडाको अप्रत्यक्ष सहभागिता हुन्छ भन्ने चर्चा एमाले वृत्तमै समेत चल्ने गर्छ ।

बिजशालाले एम. अधिकारीको विषयमा चर्चा सुरु भएपछि सो नाम भएका व्यक्ति एमालेका कुनै तहमा छन् या छैनन् भन्ने विषयको पनि खोजबिन गरेको थियो । सो क्रममा एम. अधिकारी भन्ने व्यक्ति न खोटाङमा छन् न त काठमाण्डौ वा अन्यत्र नै । खोटाङ घर भई अन्यत्र बस्नेहरुमा पनि एमालेको केन्द्रीय विभागको सदस्यको हैसियतमा बस्नसक्ने कुनै पनि व्यक्ति फेला परेनन् ।

खोटाङ एमालेका अनुसार जिल्लामा एम. अधिकारी नामको कुनै पनि व्यक्ति छैन । सो जिल्लाबाट बसाईसराई गरेर एम. अधिकारी नामको कुनै पनि व्यक्ति विभागको सदस्यको हैसियतमा पुगेको कुनै रेकर्ड छैन ।

एमाले निकट स्रोतका अनुसार खोटाङबाट प्रतिनिधित्व गर्ने एमाले नेता विशाल भट्टराईको जोडबलमा महाप्रसाद अधिकारीलाई विभाग सदस्य बनाइएको हो ।

राष्ट्रबैंकको गभर्नरजस्तो पदमा रहेको व्यक्तिलाई पार्टीको विभाग सदस्यमा राखिएकोमा एमालेभित्र पनि असन्तुष्टि देखिएको छ । एमालेका एक स्थायी कमिटी सदस्यले भने–‘यो गलत भयो । महाप्रसाद अधिकारी हाम्रै पार्टीको मान्छे हो भन्ने जगजाहेर नै थियो । तर, विभागमा राखेर उहाँलाई अप्ठ्यारोमा पारिदिने काम पार्टीका नेताहरुले गर्नुहुँदैन थियो । अब पार्टीका जिम्मेवारी नेताहरुले कि त एम. अधिकारी भन्ने व्यक्ति देखाउनसक्नुपर्छ, होइन भने अधिकारीको नाम भूलवश विभागको सदस्यमा पर्न गएकोमा सूची सच्याउनुपर्छ ।’
प्रतिक्रिया दिने क्रममा गभर्नर अधिकारीले घुमाउरो ढंगले विभागको सदस्यमा आफूलाई नसोधी कसैले नाम राखेको हो कि भन्नेतर्फ समेत संकेत गरेका छन् । यसले समेत एम. अधिकारी उनै रहेको, तर कुनै नेताले उनीसँग परामर्श नगरी नाम राखिदिएको सहजै बुझ्न सकिन्छ ।

स्रोत: बिजशाला

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago