तपाईँलाई हतार भए जाँदै गर्नुहोस्, म बिस्तारै मेरा कुरा राख्छु-रामचन्द्र

काठमाडौँ: नेपाली कांग्रेसमा ६ महिनाअघिसम्म जब रामचन्द्र पौडेलको बोल्ने पालो आउँथ्यो, सभापति शेरबहादुर देउवाको असहजता सुरू हुन्थ्यो । पार्टी र सत्ताका सवालमा पौडेलले देउवामाथि पेचिला प्रश्न उठाउँथे, देउवा झोक्किन्थे, र तत्कालै जवाफ फर्काउँथे । तर, महाधिवेशनपछि देउवा–पौडेलबीच त्यस्तो सवाल जवाफ देख्न पाइँदैन ।

पौडेलको बोल्ने पालो आउँदा देउवा आत्तिँदैनन् अचेल, बरू सहजता महसुस गर्छन् । १४ औँ महाधिवेशनपछि पौडेल देउवाको सहयोगीका रुपमै प्रस्तुत हुने गरेका छन् ।
मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले त्यस्तै भाव देखाए । बैठकमा बोल्ने केन्द्रीय सदस्यका लागि तोकिएको समय ५ मिनेट मात्रै हो । तर, पौडेलका लागि त्यो समय सीमा थिएन । मंगलबारको अन्तिम वक्ताको रुपमा साँझको ५ बजेपछि पौडेलले बोल्न थाले । देउवाले सुनिरहेकै थिए ।

नेताहरूका अनुसार देउवाले ६ बजे बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटको समय दिएका थिए । तर, देउवा भने बैठकमा पौडेल बोल्दै गर्दा छोडेर हिड्न तयार थिएनन् ।

यो केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन गर्ने पक्षमा माहोल बनाउने देउवाको ध्येय छ । बैठकमा पौडेलले त्यही कुरा प्रष्टसँग राखिदिए ।

‘गठबन्धनलाई धेरै गाली नगर्नुस् । अहिले जे परिणाम प्राप्त भएको छ, यो गठबन्धनकै फल हो,’ बैठकमा पौडेलले भनेका थिए, ‘आगामी निर्वाचनमा पनि गठबन्धन गर्नुको विकल्प छैन, अहिलेको प्रतिष्पर्धा कांग्रेस र कम्युनिष्टको होइन, स्थायित्व चाहने र नचाहनेका बीचको हो ।’

बिगतमा पाइलैपिच्छे बिधिपद्धतिका कुरा गर्ने पौडेलले मंगलबारको बैठकमा पार्टी सञ्चालनका विषयमा समेत सरल अभिव्यक्ति दिए, जसले देउवालाई खुसी दिलाउँथ्यो । ‘पार्टीलाई विधिअनुसार चलाउनुपर्छ । सभापतिजीले ब्यस्त भएर कतिपय काम गर्न भ्याउनु भएको छैन, त्यस्ता कामहरू अब छिटो-छिटो गरेर अघि बढ्नुपर्छ,’ पौडेलले भनेका थिए ।

त्यहीबेला पौडेलले बोल्दा–बोल्दै देउवाले रोके । र, देउवाले भने, ‘रामचन्द्रजी तपाईँ छिटो बोल्नुस् ।’ पौडेलले भने आफ्नो बोली रोक्ने सुर देखाएनन् । बरु उल्टै देउवालाई हतार भए जान सुझाव दिए ।

‘तपाईँलाई हतार भए जाँदै गर्नुहोस्, म बिस्तारै मेरा कुरा राख्छु,’ जवाफमा पौडेलले भनेका थिए । विगतका बैठकमा देउवा–पौडेलबीच संवाद तिक्ततापूर्ण हुन्थे, अहिले मित्रतापूर्ण छन् । कतिपय नेताहरू त विगतका त्यस्ता दृश्य ‘मिस’ गर्छन् ।

केन्द्रीय सदस्य नैनसिंह महर भन्छन्, ‘रामचन्द्र दाई पहिले प्रतिस्पर्धीको रुपमा हुनुहुन्थ्यो, अहिले सहयोगीको रुपमा हुनुहुन्छ । त्यसैले बैठकमा रोचक घोचक भन्ने दृश्य नै रहँदैनन् ।’ पार्टीभित्र अहिले देउवाविरुद्वको बोली धेरै मत्थर रहेको उनको ठम्याइ छ । ‘प्रतिपक्ष धेरै कमजोर भएको महसुस हुन्छ । एकलौटी जस्तै छ,’ उनी भन्छन्, ‘प्रतिपक्ष कमजोर भएपछि पार्टीभित्रको ‘चेक एण्ड ब्यालेन्स’ नमिल्ने रहेछ ।’

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago