टोकियो: जापानको माथिल्लो सदन ‘द हाउस अफ काउन्सिलर’ को निर्वाचनमा सत्तारूढ गठबन्धनले बहुमत प्राप्त गरेको छ । २४८ सिटमध्ये लिबरल डेमोक्रेटिक पार्टी र कोमिइतोबीचको गठबन्धनले १४६ सिटमा जित हात पारेको हो ।
लिबरल डेमोक्रेटिक शुक्रबार हत्या गरिएका पूर्वप्रधानमन्त्री सिन्जो आबेसम्बद्ध पार्टी हो । चुनावी प्रचारप्रसारकै क्रममा आबेको गोली हानी हत्या भएको थियो । उक्त घटनापछि पनि आइतबार तोकिएकै समयमा निर्वाचन भएको थियो । निर्वाचनमा जापानी मतदाताले सन् १९४७ को संविधान बदल्ने गरी
जनमत प्रदान गरेका छन् । संविधान संशोधनको पक्षमा रहेका दललाई कुल १७० सिट मिलेको छ । संविधान संशोधन गर्न माथिल्लो सदनमा कम्तीमा १६६ सिट चाहिन्छ । प्रमुख प्रतिपक्ष कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टी ३९ सिटमा खुम्चिएको जापान टाइम्सले लेखेको छ ।
ऐतिहासिक जितपछि प्रधानमन्त्री एवं लिबरल डेमोक्रेटिक पार्टीका प्रमुख नेता किसिदा फुमियोले महत्त्वपूर्ण जनमत दिएकोमा मतदातालाई धन्यवाद दिएका छन् । सोमबार टोकियोमा पत्रकारहरूसँग बोल्दै उनले मुलुकसामु विद्यमान संकट समाधानमाअघि बढ्ने प्रतिबद्धता जनाए । कोरोना महामारी, महँगी, जापानी अर्थ व्यवस्थाको पुनर्उत्थानमा लाग्ने उनले स्पष्ट पारे ।
पूर्वप्रधानमन्त्री आबेले देखेका सपना साकार पार्न आफू लागि पर्ने पनि उनको भनाइ थियो । आबेको इच्छाअनुसार आगामी ५ वर्षभित्रमा जापानको आन्तरिक सुरक्षा बलको क्षमतामा भारी वृद्धि गर्ने उनले घोषणा गरे । जसका लागि संविधानका प्रमुख ४ वटा धारा संशोधन गरिने उनको भनाइ छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…