काठमाडौंः खेलाडीबीचको आपसी कलहको आरोपलाई खण्डन गर्दै फ्रान्सले महिला युरो २०२२ मा इटालीलाई आइतबार ५–१ ले पराजित गरेको छ । फ्रान्सले पहिलो हाफमै ५–० को अग्रता लिएको थियो । त्यसमा ग्रेस गेयोरोले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरिन् । मारिया एन्टोनेट र डेल्फिन कासकारिनोले पनि गोल गरे ।
फ्रान्सेली प्रशिक्षक क्यारिने डिक्रेले अनुभवी दुई खेलाडी अमादिना हेनरी र इगुने ले सोमरलाई टिममा नराखेर प्रतियोगिताका लागि टिम घोषणा गरेपछि विवाद सुरु भएको थियो । तर इटालीविरुद्ध फ्रान्सेली टिम निकै बलियो देखियो । यसले डिक्रेमाथि लागेको आरोप कमजोर भएको छ । जितपछि उनले भनिन्, ‘पहिलो खेलमा यस्तो जित निकै महत्त्वपूर्ण हुन्छ ।’ इटालीले फर्काएको एक गोल पनि आत्मघाती रह्यो । फ्रान्सेली गोलरक्षक लाउरा गुलियानीले नियन्त्रण लिन नसकेको बल पोस्टमा गएको थियो । हारका बावजुत समूह ‘डी’ बाट इटाली पनि नकआउट चरण पुग्ने विश्वास गरिएको छ । समूहको अर्को खेलमा बेल्जियम र आइसल्यान्डले म्यानचेस्टरमा १–१ को बराबरी खेले ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…