किन नागरिकता विधेयकको एनआरएनए ले स्वागत गऱ्यो?

काठमाडौं: गैरआवसीय नेपाली संघ (एनआरएनए)ले नागरिकता विधेयकको स्वागत गरेको छ । संघ अध्यक्ष विनोद कुँवरले विज्ञप्ति निकालेर नागरिकताको निरन्तरता आफूहरुको माग रहेको बताए ।

संघले उठाउँदै आएका विधेयकमा पूरै नसमेटिएको बताउँदै राजनीतिक अधिकारबाहेक सबै अधिकार गैर आवासीय नेपालीले पाएको बताए । “अहिले संसदमा टेबल गरिएको नेपाल नागरिकता ऐन विधेयकप्रति नेपाल सरकारलाई धन्यवाद । हाम्रो माग भनेको नागरिकताको निरन्तरता हो । यस विधेयकमा केही कुराहरु हाम्रो माग अनुसार छैनन् तरपनि हामी यसलाई स्वागत गर्दछौं । विगत लामो समयदेखि मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरतालाई नेपालको संविधानमा राजनैतिक अधिकार बाहेक बाँकी सबै अधिकार पाउने गरि गैरआवासीय नेपाली नागरिकताको व्यबस्था गरिएको छ” अध्यक्ष कुँवरद्वारा जारी विज्ञप्ति भनिएको छ ।

विगत पाँच वर्षदेखि ऐन बनाउन पहल गर्दै आएको बताउँदै कुँवरले संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले नेतृत्व गरिरहेको बताएका छन् । संसदमा रहेको विधेयकलाई फिर्ता लिएर संशोधनसहित नयाँ दर्ता गरिएपनि संघले उठाउँदै आएका महत्वपूर्ण मागहरु सम्बोधन नभएको भन्दै अध्यक्ष कुँवरले संशोधनको माग समेत गरेका छन् ।

“नेपाल सरकारले पुरानो विधेयकलाई फिर्ता लिएर फेरि केहि परिमार्जनसहित ‘नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न २०७९ लाई नयाँ विधेयक’ भनेर संसदमा टेबल गरेको छ । यस विधेयकमा थुप्रै कुरामा हाम्रो गुनासो छ, संशोधनका लागि अनुरोध पनि छ । केहि बुँदामा हाम्रो असहमति पनि छ । तर पनि संविधानले दिएको यो संवैधानिक अधिकार कार्यान्वयन गर्न केहि पनि नभएको अवस्थामा यो विधेयकले पहिलो पटक दिने गैरआवासीय नेपाली नागरिकता आफैंमा एउटा उपलब्धि हो” अध्यक्ष कुँवरको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष कुँवरले संविधानले दोहोरो नागरिकता नभएर आफूहरुलाई गैरआवासीय नेपाल नागरिकता मात्रै भएको समेत बताएका छन् । उनले तत्कालिन अध्यक्ष डा. शेष घलेको विशेष प्रयासमा गैरआवासीय नेपालीको अधिकार संविधानमा सुनिश्चित भएको बताए ।

विज्ञप्तिमा भनिएको छ, संविधानले दिएको अधिकारलाई कतिपयले दोहोरो नागरिकता भन्ने गरेका छन् तर दोहोरो नागरिकता दिने देश विश्वमा जम्मा ४३ वटा जति मात्र छन् । दोहोर नागरिकता भनेको कुनै पनि देशले एकै समय दुई देशको नागरिकता मान्यता दिने कानुन हो । अहिलेको नेपालको संविधानले दोहोरो नागरिकताको ब्यवस्था गरेको छैन । संविधानले हामीलाई दिएको गैरआवासीय नेपाली नागरिकता मात्र हो । नागरिकताको लागि तत्कालिन गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घलेको बिशेष पहलमा गैरआवासीय नेपाली नागरिकतालाई संविधानमा सुनिश्चित गर्न सफल भएको हो ।”

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago