बिचौलिया र शक्ति केन्द्रको स्वार्थमा इटालीबाट हातहतियार खरिदको तयारी

मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएका बेला राजनीतिक शक्ति केन्द्र र बिचौलियाको योजनामा सरकारले गुपचुप रूपमा इटालीबाट हतियार खरिद गर्न लागेको समाचार आएपछि चौतर्फी विरोध भइरहेको छ । ‘देशको अर्थतन्त्र जोखिमतर्फ धकेलिएको छ, त्यसलाई चुनौती गर्न सक्ने गरी आवश्यकता र प्राथमिकता एकातिर छ, सरकार स्वयंले पनि विदेशी मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बताइरहेको छ,’ अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले कान्तिपुरसँग भने, ‘तर यी यावत् जोखिम र समस्याका बीच सरकारलाई अहिले नै हतियार किन्न के जरुरत पर्‍यो, यसमा कमिसनको खेलले काम गरेको त छैन भनेर गहन अध्ययन गर्नुपर्ने भएकाले खरिद प्रक्रियाका सबै विवरण मागेका हौं ।’ मन्त्रालयबाट विवरण आएपछि बैठक बसेर निर्णय गर्ने अर्थ समितिका सभापति दाहालले बताए ।

मुलुकको अर्थतन्त्र धराशायी हुँदै गएको र विदेशी मुद्रा सञ्चिति घटिरहेका बेला सरकार रकमान्तर गरेर हतियार खरिद गर्ने गृहकार्यमा लागेको हो । गृह मन्त्रालय स्रोतका अनुसार चालु आर्थिक वर्षका लागि हतियार खरिद गर्न बजेटको व्यवस्था थिएन । स्थानीय तहको चुनावी सुरक्षा तयारीका क्रममा हातहतियार खरिदका लागि प्रहरीले ९३ करोड ९९ लाख ७५ हजारको प्रस्ताव गृहमा पेस गर्दा अर्थले बजेट व्यवस्था गर्न कठिन रहेको जवाफ दिएको थियो ।

तर गत जेठमा बिचौलिया र शक्ति केन्द्रको स्वार्थमा इटालीको बेरेटा कम्पनीमा निर्मित ८४ करोड रुपैयाँबराबरका पिस्तोल, सटगन, रबरका गोली, अश्रुग्यास, पिस्तोलका गोली, सटगनका छर्रालगायत किन्ने योजना बन्यो । बेरेटाका नेपाल एजेन्ट दीपक भट्टमार्फत यी हातहतियार र गोलीगठ्ठा किन्न लागिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

सरकारले गुपचुप हतियार खरिद गर्न लागेको विषय सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि खरिदमा प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको सोमबार नै बसेको बैठकमा विशेष समय लिएर पूर्वडीआईजीसमेत रहेका एमाले सांसद नवराज सिलवालले सत्ता गठबन्धनका नेता र बिचौलियालाई पैसा आवश्यक परेर हतियार खरिद गर्न लागेको आरोप लगाए । उनले हतियार किन्ने प्रक्रिया नरोकिए ‘राष्ट्रघात’ हुने उल्लेख गर्दै त्यसविरुद्ध जनता जाग्नुपर्ने बताएका थिए ।

प्रहरी प्रधान कार्यालय प्रशासन विभागका तत्कालीन प्रमुख राजेन्द्रसिंह भण्डारीका अनुसार २०७१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्की, हतियार खरिदका एजेन्ट भट्ट र सत्ताधारी शीर्ष नेताको योजनामा १ अर्ब ५० करोड रुपैयाँबराबरका हातहतियार खरिद गर्न अर्थ मन्त्रालयले बजेट निकासा गरेको थियो । तर प्रहरीले ‘आफ्नो प्राथमिकता र आवश्यकता’ हतियार खरिद नभई भौतिक पूर्वाधार निर्माण र अपराध अनुसन्धान तथा नियन्त्रणका उपकरणमा रहेका कारण देखाएर खरिद गर्न अस्वीकार गरेको थियो । त्यसपछि उक्त बजेट फ्रिज भएको थियो । गृह स्रोतका अनुसार अहिले पुनः उनै भट्टले हातहतियार खरिदका लागि एजेन्टका रूपमा काम गरेका छन् ।

प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार पछिल्लो पटक ८४ करोड रुपैयाँ बजेटमा इटालीबाट १ हजार थान ९ एमएम पिस्तोल, त्यसमा लाग्ने १० लाख ३० हजार राउन्ड गोली, १२ बोरको १ हजार १ सय ५० थान सटगन र त्यसमा लाग्ने २ लाख छर्रा, ३ लाख राउन्ड रबर बुलेट (गोली), अश्रुग्यासका २५ हजार सेल खरिद गर्ने गरी प्रक्रिया अघि बढेको छ । ‘सरकारले दिएको बजेट सीमाभित्र रहेर हामीले प्रहरीका लागि भीड नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्न हातहतियार/गोलीगठ्ठा खरिद गर्न लागेका हौं । खरिद प्रक्रियामा कुनै बदनियत छैन । आवश्यकता र औचित्यकै आधारमा सबै काम अघि बढेको हो,’ प्रवक्ता राईले भने । स्रोतका अनुसार हातहतियार कम्पनीको अधिकतम मूल्यभन्दा पनि बढी मूल्यमा खरिद गर्न लागिएको छ । कुन हतियार/गोलीगठ्ठालाई कति मूल्यमा किन्न लागिएको भन्ने विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago