सरकारद्वारा उत्कृष्ट दुई उद्यमी सम्मानित

वीरेन्द्रनगर: कर्णाली प्रदेश सरकारले प्रदेश र जिल्लाका उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ । चालु आर्थिक वर्षमा प्रदेशभर उत्कृष्ट काम गर्ने उद्यमीलाई दुई लाख र सुर्खेत जिल्लामा राम्रो काम गर्ने उद्यमीलाई एक लाख रुपैयाँ नगदले सम्मान गरिएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयमा आइतबार आयोजित कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा कार्चेनले उद्यमीलाई नगदसहित सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा प्रदेशभर उत्कृष्ट काम गरी कुशे गाउँपालिका–८ स्थित जलजला नेपाली हाते कागज उद्योगका सञ्चालक मानबहादुर थापा र सुर्खेतबाट ग्लोबल च्याउ तथा कृषि उद्योगका सञ्चालक वसन्तीकुमारी अधिकारी छन् । उनीहरुलाई नगद दुई लाख र एक लाख रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री लामाले कर्णालीका उद्यमीहरुलाई तालिमसहित आवश्यक उपकरणको व्यवस्था गरिदिने बताए । तालिम प्राप्त गरी उत्कृष्ट काम गर्नेलाई सरकारले सम्मान गर्ने उनको भनाइ छ । आगामी बजेटमा उद्यमीमैत्री कार्यक्रम र सहुलियतमा ऋण दिने व्यवस्था प्रदेश सरकारले गर्ने मन्त्री लामाले जनाए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago