ताप्लेजुङ: फक्ताङलुङ गाउँपालिका–६ याङ्मामा महिला र पुरुष समान ३०/३० मतदाता छन् । १४ मतदाता बस्तीमै छन् । २ जना एक दिनको पैदलमा रहेको घुन्सामा बस्छन् । उनीहरूले मतदानका लागि ५२ सय मिटरको डाँडा काटेर घुन्साबाट याङ्मा पुग्नुपर्छ ।

घुन्सा फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ६ हो भने याङ्मा वडा नम्बर ७ । निर्विरोध निर्वाचित भएका यही वडाका वडाध्यक्ष र वडा सदस्यले पनि १४ देखि १६ मत खस्ने अनुमान गरेका छन् । उक्त गाउँपालिका–७ को ओलाङचुङगोला र याङ्मा अध्यक्ष/ उपाध्यक्षका लागि मात्र मतदान हुँदै छ ।
त्यसका लागि पनि गोठमा भएका मतदाताहरू बस्तीमा फर्किएर मतदान गर्नुपर्छ । बाँकी बाहिरका जिल्लाहरूमा बस्ने हुनाले भोट खसाल्नका लागि आउने सम्भावना कम छ । यहाँको मत संकलनका लागि सुरक्षाकर्मीसँगै कर्मचारी र व्यवस्थापनका लागि मात्रै १ लाख २७ हजार रुपैयाँ खर्च हुन्छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिनेश खनालका अनुसार खटिने कर्मचारीले १४ दिनको भत्ता पाउँछन् । मुख्य निर्वाचन अधिकृतको दैनिक २५ सय भत्ता हुन्छ । सहायक मतदान अधिकृतको २ हजार, सहायक कर्मचारीको १६ सय र सहयोगीको १२ सय रुपैयाँ भत्ता हुन्छ ।

१२ सय रुपैयाँका दरले दिएर तीन दिनका लागि तीन सहयोगी राख्ने अधिकार मतदान अधिकृतलाई हुन्छ । मतदान केन्द्र निर्माणका लागि ५ हजार, ढुवानी एकोहोरोमा ४ हजार र विविध भैपरीमा ५ हजार रुपैयाँका दरले रकम छुट्याइएको छ ।
यहाँ म्यादीसमेत गरी कम्तीमा पाँच सुरक्षाकर्मी खटिएका छन् । डीएसपी कैलाश राई कम खर्च गर्ने उद्देश्यले ओलाङचुङगोलामा प्रहरी खटाइएको बताउँछन् । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलका अनुसार मतपेटिका हेलिकोप्टरबाट ल्याउने निर्णय सरकारले गरेको छ । हेलिकोप्टर प्रयोग भए त्यसको लागत बढ्छ ।

‘प्रदेश १ का १८ केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ओसार्ने भनिएको छ,’ पोखरेलले थपे, ‘ताप्लेजुङको याङ्मा, ओलाङचुङगोला, घुन्सा र ग्याब्लाको प्रस्ताव गरेका थियौं, स्वीकृत पनि भएको छ ।’ २०७४ मा पनि यहाँको मतपेटिका हेलिकोप्टरबाटै ल्याइएको थियो । पैदल हिँड्नुपरे याङ्माबाट दुई दिनमा मात्रै निर्वाचन अधिकृतको कार्यालय तापेथोक पुगिन्छ । बाटोमा बस्ने ठाउँ नभएकाले मतदानको भोलिपल्ट बिहान मात्रै हिँड्नुपर्छ । दिनभरिमा बल्ल ओलाङचुङगोला पुगिन्छ । अहिले लेलेपको इलाडाँडासम्म गाडी चलेकाले गोलाबाट बिहानै हिँडे दिउँसो दुई/तीन बजेसम्ममा मतपेटिका केन्द्रमा पुग्न सक्छ ।

४ हजार २ सय मिटरको उचाइमा रहेको बस्तीमा २०७४ को निर्वाचनमा २४ मत झरेको थियो । स्थानीयका अनुसार १६ मत गाउँको थियो । ८ जना मतदानका लागि बाहिर जिल्लाबाट आएका थिए । संसदीय निर्वाचनमा १४ मत झरेको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ । यो वर्ष यो वडाका वडाध्यक्ष र सदस्य निर्विरोध भइसकेकाले बाहिरबाट मतदाता आउने सम्भावना छैन । यो वडामा वडाध्यक्ष र सदस्य गाउँ भेलाबाटै सर्वसम्मत भएका हुन् । एमालेले वडाध्यक्ष र कांग्रेसले चार सदस्य लिएर निर्विरोध भएका हुन् । तर, उनीहरूले मनोनयन दलगत नभई स्वतन्त्र गरेकाले स्वतन्त्र जनप्रतिनिधिका रूपमा छन् ।

याङ्मामा अहिले १० घर रहेको नवनिर्वाचित वडाध्यक्ष छेतेन लामा शेर्पा बताउँछन् । एउटा घर तिब्बती शरणार्थीको छ । कुल जनसंख्या २९ छ, त्यसमा ५ वर्षमुनिका बालबालिका ५ जना मात्रै छन् । नागरिकता भएकाहरू पनि केहीले मतदाता परिचयपत्र बनाएका छैनन् । कतिपय १८ वर्ष उमेर पुगेका छैनन् । त्यसैले बस्तीमा भएकाहरूको भोट १४ मात्रै छ । वडाको केन्द्र रहेको ओलाङचुङगोलामा पनि ८० को हाराहारीमा मात्रै भोट खस्ने अनुमान यहाँका दलका नेताहरूको अनुमान छ ।

कम मतदाता भएकाले यहाँ भोट माग्न उम्मेदवार कमै पुग्छन् । ‘७४ को स्थानीय तहको निर्वाचनमा हामीचाहिँ पुग्यौं,’ शेर्पाले भने, ‘हामी त आउजाउ गरिरहन्छौं तर भोटै माग्नेहरू त पुग्दैनन् त्यहाँ ।’ निर्वाचन अधिकृत खनाल निर्वाचन आयोगले एक जना मात्रै मतदाता भए पनि उसको अधिकारको सम्मान गर्दै मत संकलन गर्ने बताउँछन् । ‘हाम्रो तथ्यांकमा ६० जना मतदाता देखिन्छ, त्यसैलाई आधार मान्छौं,’ खनालले भने, ‘अब कति मत खस्छ भन्ने निर्वाचनपछि मात्रै थाहा हुने भयो ।’ मुख्य निर्वाचन अधिकृत प्रकाश राउत मत संकलनका लागि मतदान अधिकृतको टोली पुगिसकेको बताउँछन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago