काठमाडौँ: नेपाली कांग्रेसले सत्ता गठबन्धनको निर्णयबमोजिम नगर्ने चितवनको भरतपुर महानगरपालिकाका पाँच जना नेताहरूलाई साधारण सदस्यबाट निलम्बन गरेको छ ।
भरतपुर महानगरपालिकामा गठबन्धन दलबीच तालमेल हुँदा मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार छन् । तर, कांग्रेसका स्थानीय नेता कार्यकर्ताले गठबन्धनको निर्णय विपरीत गतिविधि गरेको भन्दै कांग्रेस केन्द्रीय कार्यालयले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो ।
चिवतनका पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, पुर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य केशव पौडेललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव प्रदिप पराजुलीले जानकारी दिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…