पाल्पा, २९ बैशाख ।
यतिबेला पाल्पाको सदरमुकाम तानसेन सुनसान देखिएको छ । सधैंजसो भिड्भाड रहने तानसेको बजार क्षेत्रमा चहलपहल देखिदैन । शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागी आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न मतदाताहरु आतुर देखिएका छन् ।
स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदुपयोग गर्न मतदाता आफ्नो नामावली भएको स्थानमा केन्द्रिकृत भएका छन् । पाल्पाका १० वटा स्थानीय तहहरुमा भएका आफ्नो मतदान केन्द्रमा मतदाता फर्किए सङ्गै तानसेन सहर सुनसान बनेको छ ।
बजारका पसलहरु अधिकांस बन्द छन । पाल्पाका मुख्य सिद्धार्थ राजमार्ग र तानसेन तम्घास सडकमा सवारीको चाप घटेको छ । मतदाताहरु आफ्नो स्थानमा केन्द्रित भइरहेका छन् । काम विशेषले गाउँ छाडेका धेरै मतदाताहरु गाउँ फर्किसकेका छन् ।
मतदाता परिचपत्र लिन छुटेका मतदाताहरु परिचयपत्र लिन मतदान केन्द्रमा पुगेका छन । मतदान केन्द्रलाई ब्यवस्थित गर्न निर्बाचनमा खटेका कर्मचारीहरु ब्यस्त देखिन्छन ।
मौन अवधिको समयमा पाल्पाको सुरक्षा ब्यवस्था कडा बनाइएको छ । राजमार्ग तथा चोकहरुमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएको देखिन्छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…