सुर्खेत: कर्णाली प्रदेशमा निर्वाचनको तयारी पूरा भएको छ । १० जिल्ला रहेको कर्णालीका ७९ वटै स्थानीय तहका निर्वाचन कार्यालयहरूमा मतदान अधिकृत पुग्नेदेखि सुरक्षाकर्मी परिचालन गर्ने काम सम्पन्न भएको छ । परिचालन गरिएका कर्मचारी तथा सुरक्षाकर्मीहरु मतदानस्थलमा खटिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशभर एक हजार ३ सय ८५ मतदान केन्द्र र ९ सय ७ मतदान स्थल रहेका छन् । यी मध्ये दुई सय ९८ मतदान स्थल अति संवेदनशील, ४ सय ११ संवेदनशील र एक सय ९८ वटा मतदानस्थल सामान्य रहेका छन् । प्रदेशभर पाँच हजार बढी प्रहरी, ७ हजार सात सय म्यादी प्रहरी निर्वाचनको सुरक्षाका लागि परिचालन गरिएको छ ।

तोडफोड र झडपका घटनाहरु बढी भएका जिल्लाहरुमा सुरक्षाकर्मी बढाइएको छ । हरेक जिल्लामा प्रहरी, म्यादी प्रहरी, सेना लगायत एक हजार चार सयदेखि एक हजार सात सयसम्मको हाराहारीमा सुरक्षाकर्मीहरु परिचालित गरिएको छ । झडप र तोडफोडका घटना बढी भएकाले रुकुमपश्चिम, सल्यान र मुगुलगायतका जिल्लाहरुमा थप सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।

कर्णालीका हिमाली जिल्लाहरुमा भने भौगोलिक विकटताका कारण आजसम्ममा केही स्थानमा मतदान अधिकृत र सुरक्षाकर्मी पुगिसक्ने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । भौगोलिक विकटताका कारण जिल्ला सदरमुकामबाट हिँडेर पैदल जानुपर्ने भएकाले दुई दिनअघि देखिनै सुरक्षा अधिकारीको टोली मतदान स्थलतर्फ लागिसकेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago