मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ: आज र भोलि मुलुकका विभिन्‍न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ‘असानी’ नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हाे ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ। शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago

प्रधानसेनापति सिग्देलको आह्वान : शान्ति, सुरक्षा र राष्ट्रिय एकताको साझा दायित्व

२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा…

56 years ago