निर्वाचन सुरक्क्षा व्यबस्था कस्तो हुदैछ!!

काठमाडौं: शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट साढे दुई लाख भन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटाइएका हुन् ।

गृह मन्त्रालयका अनुसार नेपाली सेनाबाट ७१ हजार ५ सय, नेपाल प्रहरीबाट ६२ हजार, सशस्त्र प्रहरी बलबाट ३२ हजार र राष्ट्रिय अनुसन्धान विभागबाट दुई हजार कर्मचारी निर्वाचन सुरक्षाका लागि कार्यक्षेत्रमा पठाइएका छन् । निर्वाचन सुरक्षाका लागि भनेर भर्ना गरिएका एक लाख म्यादी प्रहरी पनि निर्वाचन सुरक्षार्थ खटिएका छन् । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार स्थानीय तह एकीकृत सुरक्षा योजना-२०७८ अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ । मन्त्रालयले मतदान स्थललाई तीन तहमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाएको छ ।

मन्त्रालयले देशभरका १० हजार ७५६ मतदान केन्द्रमध्ये २ हजार ९४६ वटालाई अति संवेदनशील मानेको छ भने ४ हजार ४२३ वटा संवेदनशील र ३ हजार ३७८ वटा सामान्य छन् । ‘सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी खटाएका छौं,’ प्रवक्ता पोखरेल भन्छन्, ‘यद्यपि संवेदनशीलताका आधारमा सुरक्षाकर्मीको परिचालन जुनसुकै बेला पनि थपघट हुनसक्छ ।’

मन्त्रालयको रिपोर्ट अनुसार सबैभन्दा बढी अति संवेदनशील मतदान केन्द्र मधेश प्रदेशमा छन् । मधेशपछि लुम्बिनी, सुदूरपश्चिम र प्रदेश-१ लाई चुनौतिपूर्ण मानिएको छ ।

‘मतदान केन्द्रहरुको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल र तेस्रोमा नेपाली सेना खटिने गरी तयारी पूरा भएको छ,’ पोखरेलले भने, ‘राष्ट्रिय अनुसन्धान विभागले निगरानी र सूचना संकलनको काम गर्छ ।’

चार वटै सुरक्षा निकायलाई चुनावमा परिचालन गर्न मन्त्रालयले गृह सचिव टेकनारायण पाण्डेको नेतृत्वमा केन्द्रीय सुरक्षा समिति बनाएको छ । समितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकारी पनि सदस्य छन् । उनीहरुले आवश्यकता अनुसार देशभरका सुरक्षाकर्मीलाई निर्देशन दिनेछन् ।

यसरी परिचालन हुनेछन् प्रहरी

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार मतदान केन्द्रको सुरक्षाका संवेदनशीलताका आधारमा पहिलो घेरामा ८ देखि ११ जना सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।

मतपेटिकाको सुरक्षासँगै प्रहरीले आफ्नो नेतृत्वमा म्यादी प्रहरीलाई पनि खटाउने छ । ‘प्रहरीलाई प्राप्त मुख्य जिम्मेवारी नै मतपेटिकाको सुरक्षा हो, यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ केसीले भने, ‘मतदान स्थलमा खटिने निर्वाचनसँग सम्वद्ध कर्मचारीको सुरक्षा, जिल्लास्थित जिल्ला निर्वाचन कार्यालयको सुरक्षा, मतदान स्थलमा रहने मतदान अधिकृतहरुको सुरक्षा लगायतका काममा पनि हाम्रो टोली खटिनेछ ।’

उनका अनुसार मतदानपश्चात् मत पेटिकाको ढुवानी र सुरक्षा, जित्ने र हार्ने पक्ष दुवै पक्षका उम्मेदवारको सुरक्षाका लागि पनि प्रहरीले आन्तरिक तयारी पूरा गरेको छ । ‘निर्वाचनलाई भयरहीत, स्वतन्त्र र निष्पक्ष गराउन विभिन्न किसिमका प्रविधिको प्रयोग गरेर काम गर्छौं,’ उनले भने ।

एकीकृत सुरक्षा योजनाले निर्वाचनको समयमा ड्रोन प्रयोग गरेर खबर संकलन तथा निगरानी गर्ने जिम्मेवारी पनि नेपाल प्रहरीलाई दिएको छ ।

निर्वाचनको समयमा शान्ति, सुरक्षा कायम गर्ने र सम्भावित उछृंखल गतिविधिलाई पनि पहिचान गरेर सुरक्षा व्यवस्था मिलाउने जिम्मा पनि प्रहरीलाई छ । सीमा नाका तथा शंकास्पद स्थानमा चेकजाँच, सुक्ष्म निगरानी र गस्ती गर्ने जिम्मेवारी पनि प्रहरीलाई दिइएको छ ।

१११ स्थानमा सशस्त्रको रिजर्भ फोर्स

दोस्रो घेरामा सशस्त्र प्रहरी बलका टोली खटिने छन् भने बाहिर नेपाली सेनाको टोली हुनेछ । सशस्त्र प्रहरीका प्रवक्ता विदुर खड्काका अनुसार सशस्त्र प्रहरीको ३२ हजार जनशक्ति अहिले निर्वाचनमा पूर्णरुपमा परिचालित भइसकेको छ ।

‘अहिले मोबाइल गस्ती, स्ट्राइकिङ र पैदल गस्तीमा पनि सशस्त्र प्रहरीको टोली खटिएको छ,’ सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) खड्काले भने, ‘हरेक स्थानीय तहमा सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।’

उनका अनुसार सशस्त्र प्रहरी मतदान स्थलको दोस्रो घेराबाहेक निर्वाचन मतपत्र, मतपेटिका र निर्वाचन सामग्रीको ढुवानीमा पनि खटिएको छ ।

‘संवेदनशीलताका आधारमा आकस्मिक अवस्थामा जुनसुकै बेला परिचालन गर्न सक्ने गरी १११ स्थानमा रिजर्भ फोर्स पनि तैनाथ गरेका छौं,’ खड्का भन्छन्, ‘ती टोली आवश्यकता अनुसार जुनसुकै बेला पनि खटिन्छन् ।’

हरेक मतदान केन्द्रमा ३० मिनेटभित्र सेना पुगिसक्ने व्यवस्था

मतदान स्थलबाहिर नेपाली सेनाको टोली रहनेछ । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार विकट स्थानमा मतपत्र, मतपेटिका र निर्वाचन सामग्री ढुवानीको काम पनि सेनाले गरिरहेको छ ।

प्रवक्ता सिलवालका अनुसार सेनाले एक महिना अघिबाटै नियमित पेट्रोलिङ पनि गरिरहेको छ ।

निर्वाचनको समयमा गरिने आपतकालीन उद्धारमा जनशक्ति र सामग्री परिचालनका लागि हेलिकप्टर परिचालन गर्न पनि तैनाथ अवस्थामा राखिएको सिलवालले बताए । ‘हरेक मतदान केन्द्रमा ३० मिनेटभित्र पुगिसक्ने गरी उपत्यकाबाहेक पूर्वी कमाण्डमा इटहरी, मध्य कमाण्डमा पोखरा र पश्चिम कमाण्डमा सुर्खेतमा हेलिकोप्टरसहितको टोली तैनाथ गरेका छौं,’ उनले भने, ‘कतिपय स्थानमा निर्वाचन सामग्री ढुवानीका लागि पनि सेना परिचालन भएको छ ।’

निर्वाचनको समयमा विष्फोटक पदार्थ पनि भेटिन सक्ने भएकाले बम डिस्पोजल टोलीलाई पनि तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ । मतदानको समयमा चाहिं मतदान केन्द्रबाट नजिकै सेनाको फौज तैनाथ रहेछ । स्थिति तनावग्रस्त बनेको अवस्थामा परिचालन गर्ने गरी ती टोली राखिनेछन् । सेनाले आवश्यकता अनुसार हवाई गस्ती पनि गर्ने प्रवक्ता सिलवालले बताए ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago