काठमाडौँ: बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र चान्सलर ऋषि सुनकलाई कोभिड लकडाउनको समयमा पार्टी गरेको आरोपमा त्यहाँको महानगरीय प्रहरीले कारवाही स्वरुप जरिवाना तिराउने भएको छ ।
बीबीसीका अनुसार प्रधानमन्त्री र चान्सलर दुवैले महानगरीय प्रहरीबाट जरिवाना तिराइने भनेर पत्र प्राप्त गरिसकेका छन् । तर उनीहरुलाई कुन कार्यक्रममा सहभागी भएकाले जरिवाना गरिएको हो भनेर स्पष्ट पारिएको छैन ।
प्रहरीले कोभिड लकडाउनका समयमा ह्वाइटहल र डाउनिङ स्ट्रिटमा आयोजना गरिएका विभिन्न १२ वटा कार्यक्रममा लकडाउनका नियमहरु उल्लंघन गरेको आरोपमा छानबिन गरिरहेको छ ।
हालसम्म कुल ५० भन्दा बढीलाई कोभिड लकडाउनका नियम उल्लंघन गरेको आरोपमा जरिवाना तिर्नुपर्ने पत्र पठाइएको छ । प्रहरीले क-कसलाई जरिवानाको पत्र पठाइको छ भनेर सार्वजनिक नगरिने स्पष्ट पारेको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…