अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई ‘त्यो फटाहा’ भनेपछि…

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा गठबन्धनको बैठक डाके । अर्थतन्त्रमा देखिएको समस्या, केही दिनअघि मात्रै सुटुक्क हटाइएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आगामी चुनावका बारेमा छलफल तथा त्यसका लागि आवश्यक रणनीति बनाउन बैठक डाकिएको थियो । सरकारका मन्त्रीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, समाजवादी र कांग्रेसका नेता उक्त बैठकमा उपस्थित थिए ।

अर्थमन्त्री जनार्दन शर्माको विशेष पहलमा केही दिनअघि मात्रै निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीको विषयले बैठकमा प्रवेश पाउनासाथ शर्माले अधिकारीलाई लक्षित गर्दै ‘त्यो फटाहा’ भन्ने तुच्छ शब्दावली प्रयोग गरेका के थिए, कांग्रेसका नेताहरुले उनको भनाइको प्रतिवाद गरे ।

‘गभर्नर हटाउनुपर्ने के त्यस्तो अवस्था आइलाग्यो ? केन्द्रीय बैंक र अर्थ मन्त्रालयबीच मनमुटाव हुन्छ । नेपालमा मात्रै होइन, संसारभर अर्थ मन्त्रालयसँग टसल परिरहन्छ । व्यक्तिगत इच्छा पूरा गर्न गभर्नरले सहयोग गरेनन् भनेर उनैलाई हटाइदिने ?’
कांग्रेस नेताहरुले अर्थमन्त्रीलाई प्रश्न तेस्र्याउन भ्याए । कांग्रेसका नेताले अर्थमन्त्रीमाथि प्रश्न उठाएपछि पूर्वअर्थमन्त्री वर्षमान पुनले पनि घुमाउरो पारामा समर्थन जनाएको बैठकमा सहभागी एक नेता बताउँछन् ।

अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर दबाबमा छ । विदेशी मुद्रा सञ्चिति जोगाउने सन्दर्भमा अर्थमन्त्री गम्भीर देखिएका छैनन् । अनावश्यक वस्तुको आयात रोक्न सरकारले कुनै पहलकदमी पनि लिएको छैन । यद्यपि यस्तो बेला गभर्नर अधिकारीले धेरथोर अर्थतन्त्र जोगाउने प्रयास गरिरहँदा उनैमाथि सांघातिक हमला हुनु उचित नभएको भन्दै बैठकमै अर्थमन्त्रीको चर्को आलोचना भयो ।

गभर्नरको विषयले बैठकमा प्रवेश पाएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडु र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले यस विषयमा मन्त्रीपरिषदमा सामान्य छलफल मात्रै भएको कांग्रेस महामन्त्री गगन थापालाई सुनाइरहेका थिए ।

यस्तै अर्को मन्त्रीपरिषद् बैठकमा ‘थप छलफल गरौंला’ भनेर बीचमै विषयान्तर भइसके पनि पछि अचानक गभर्नर निलम्बनमा परेको खबर सुन्दा आफूहरु नै चकित भएको बताएका थिए । यसको अर्थ, मन्त्रीपरिषद् सदस्यलाईसमेत गभर्नर निलम्बनबारे सामान्य जानकारीसमेत थिएन । तर, त्यही दिन बेलुका अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई भेटी गभर्नर अधिकारीले आफूलाई निरन्तर असहयोग गरेको, उनैका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै कन्भिन्स गरेपछि देउवाले सोही दिनको मन्त्रिपरिषद् बैठकमा यो निर्णय गराए ।

त्यही कुरा गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले समेत सबै नेतालाई समेत जानकारी गराए । तर, कांग्रेसकै केही नेताले अर्थमन्त्रीको भरमा परेर गभर्नर निलम्बन गर्नु कदापि उचित नभएको भन्दै आपत्ति जनाएको बैठकमा सहभागी ती नेताले बताए । यस्तै चुनावको मुखमा प्रतिपक्ष दललाई हित पुग्ने गरी एकपछि अर्को विवादास्पद निर्णय गर्दा त्यसको प्रत्यक्ष असर चुनावमा पर्ने गठबन्धनका नेताको आँकलन छ ।

गठबन्धनको बैठकमा राज्यको ढुकुटीमा नगद अभाव भएको विषयले पनि प्रवेश पाएको थियो । तर, त्यसलाई कसरी बढाउने भन्ने विषयमा कुनै छलफल नभएको उनै नेताले जानकारी दिए । उनका अनुसार त्यहाँ अर्थतन्त्रको वर्तमान अवस्थाबारे सामान्य मात्रै छलफल भयो ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago