कसको केलाग्छ, प्रचण्ड र माधव नेपालको गृहनगरमा गठबन्धनको विपक्षमा कांग्रेस

काठमाडौँ: सत्तारुढ राजनीतिक दलबीच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णयविरुद्ध चितवनको भरतपुर महानगरपालिकापछि चन्द्रपुर नगरपालिका रौतहट पनि सोही निर्णयमा पुगेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर भरतपुर महानगरपालिका कांग्रेसका स्थानीय तहका नेता विपक्षमा उभिएको सार्वजनिक भइरहेको बेला नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहट, चन्द्रपुर पनि गठबन्धनको विपक्षमा उभिएको हो ।

‘चन्द्रपुर नगर कमिटीको बैठकले गठबन्धन नगरिक नै कांग्रेस एक्लैले स्थानीय तह निर्वाचन जित्ने निष्कर्षका साथ निर्णय गरिसकेको छ,’ चन्द्रपुर नगर सभापति मुकेश गिरीले न्युज कारखानासँग भने, ‘कांग्रेस केन्द्रीय कार्यालयले पनि आवश्यकताका आधारमा स्थानीय तहले गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय लिन सक्छन् भन्ने निर्देशन दिएको थियो, त्यही आधारलाई टेकेर चन्द्रपुरमा गठबन्धन नै नगरी कांग्रेसले निर्वाचन जित्न सक्छ भनेर सो निर्णयमा पुगेका हौं ।’

उनका अनुसार सोही निर्णयबमोजिम चन्द्रपुरमा कांग्रेस एक्लै निर्वाचनमा जाने भनेर सोमबार उम्मेदवारको नाम दर्ता गराउन लगाउने काम सम्पन्न भइसकेको छ ।

सोही निर्णयलगत्तै आंकाक्षीहरूलाई चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयरका लागि एक दर्जनभन्दा बढी आंकक्षीहरूले पार्टीभित्र उम्मेदवारी दर्तासमेत गराइसकेका छन् । उनका अनुसार गिरीसहित सूर्यबहादुर थापा, अधिकलाल चौधरी, जितेन्द्र चौधरी, अजयकुमार साह, सपुतबहादुर कार्की, केदार थापा, अनन्त कोइराला, रामचन्द्र चौधरी, रमेशहरि भट्टराई, सञ्जय काफ्ले, तारा सापकोटाले मेयरका लागि कांग्रेसको आन्तरिक कमिटीमा उम्मेदवारी दर्ता गराएको गौतमले जानकारी दिए ।

नेकपा एसका अध्यक्ष नेपाल चन्द्रपुर–४ का बासिन्दासमेत हुन् । सोही क्षेत्रवाट २०५६ मा प्रतिनिधिसभामा विजयी भएका नेपाल २०६४ को संविधानसभामा भने नेकपा माओवादीका देवेन्द्र पट्टेलबाट पराजित भएका थिए । चन्द्रपुर–४ मा नेकपा एसका अध्यक्ष नेपालको निवास पनि छ ।

उता, भरतपुर उपमहागरनगरपालिका कमिटीका सभापति चित्रसेन अधिकारीको नेतृत्वमा काठमाडौंमा आई गठबन्धन नगर्न र कांग्रेसलाई एक्लै निर्वाचन होमाउनु पर्ने माग राख्दै डेलिगेसन आएर फर्केलगत्तै २८ चैतसम्म मेयरका लागि भरतपुर उपमहानगरपालिका लागि ३५ जनाले दावी गरेका छन् ।

सभापति अधिकारीका अनुसार २८ चैतसम्म महानगरपालिका समितिमा मेयरका लागि नाम दर्ता गराउनेहरू केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्वसांसद जगन्नाथ पौडेल, बागमती प्रदेशका कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकरप्रसाद कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी, निलकण्ठ रिजाल, गौरीकुमारी श्रेष्ठ, मिना कुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरूङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दवाडीले मनोनयन दर्ता गरिसकेका छन् ।

सभापति शेरबहादुर देउवा भरतपुर महानगरपालिका पुनः माओवादीलाई दिन सकारात्मक भए पनि सभापतिका प्रत्यासी शेखर कोइराला समूह भने गठबन्धनको विपक्षमा छन् । कोइरालाले सभापति अधिकारीको टोलीसँग भरतपुरमा कांग्रेसलाई एक्लै लड्ने बनाउन पहलकदमी गर्ने प्रतिवद्धता जनाउँदै चितवन कांग्रेस टोलीलाई फर्काएको थियो । चितवन कांग्रेसले पनि भरतपुरबाहेक अन्यमा गठबन्धन गरेर जाने, तर भरतपुर नछाड्ने निर्णय यसअघि नै गरिसकेको छ ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago