काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर व्यवस्थापन गरी काठमाडौंलाई सुन्दर सहर बनाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठी’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापन नहुँदा सबैलाई लाजमर्दो कुरा भएको बताएका हुन् ।
फोहोर व्यवस्थापनमा विभिन्न वैकल्पिक उपाय अपाउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले काठमाडौंलाई सुन्दर बनाउन सबै मिलेर काम गर्नुपर्ने बताए । ‘फोहोर व्यवस्थापनबाट ग्यास र बिजुली निकाल्न सकिन्छ भन्ने मैले धरानमा देखेर आएको छु,’ उनले भने, ‘यसबाट सहरका बासिन्दाले फाइदा लिन सक्नेछन् । काठमाडौंलाई सुन्दर सहर बनाउन सकिन्छ । यसमा सबै मिलेर काम गरौँ । सुन्दर सहर काठमाडौंमा जताततै फोहोर फाल्दा हामी सबैका लागि लाजमर्दो कुरा भएको छ ।’
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…