बलेफी हाईड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड

काठमाडौं: बलेफी हाईड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड आज चैत्र २९ गते मंगलबार बिहान ९:०० बजे नक्साल, काठमाडौं स्थित आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ।

मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल २१ लाख ७१ हजार ७ सय ४० जना आवेदन मध्ये योग्य आवेदक २१ लाख ६८ हजार १ सय जनाले आवेदन दिएकोमा २० लाख १ हजार ७ सय ५५ जना आवेदकको हात खाली भएको छ।

बाँकी आवेदकमा १ लाख ६६ हजार ३ सय ४२ जना आवेदकले १० कित्ताको दरले र ३ जना आवेदकले ११ कित्ताको दरले शेयर पाएका छन्। बलेफी हाईड्रोपावर लिमिटेडको आइपिओमा २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि कुल रु.२.४४ अर्ब बराबरको आवेदन परेको थियो। आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ।

कम्पनीको जारी पूंजी रु.१.८२ अर्बको १०% अर्थात रु.१८.२७ करोडको प्रति शेयर रु.१०० अंकित दरका १८ लाख २७ हजार ९ सय ७० कित्ता साधारण शेयर मध्ये ९१ हजार ३ सय ९८ कित्ता अर्थात ५% शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा ७३ हजार १ सय १९ कित्ता अर्थात ४% शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने १६ लाख ६३ हजार ४ सय ५३ कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको थियो। हाल कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बलेफी खोलाको श्रोत उपयोग गरी ३६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago