काठमाडौं: बलेफी हाईड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड आज चैत्र २९ गते मंगलबार बिहान ९:०० बजे नक्साल, काठमाडौं स्थित आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ।
मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल २१ लाख ७१ हजार ७ सय ४० जना आवेदन मध्ये योग्य आवेदक २१ लाख ६८ हजार १ सय जनाले आवेदन दिएकोमा २० लाख १ हजार ७ सय ५५ जना आवेदकको हात खाली भएको छ।
बाँकी आवेदकमा १ लाख ६६ हजार ३ सय ४२ जना आवेदकले १० कित्ताको दरले र ३ जना आवेदकले ११ कित्ताको दरले शेयर पाएका छन्। बलेफी हाईड्रोपावर लिमिटेडको आइपिओमा २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि कुल रु.२.४४ अर्ब बराबरको आवेदन परेको थियो। आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ।
कम्पनीको जारी पूंजी रु.१.८२ अर्बको १०% अर्थात रु.१८.२७ करोडको प्रति शेयर रु.१०० अंकित दरका १८ लाख २७ हजार ९ सय ७० कित्ता साधारण शेयर मध्ये ९१ हजार ३ सय ९८ कित्ता अर्थात ५% शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा ७३ हजार १ सय १९ कित्ता अर्थात ४% शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने १६ लाख ६३ हजार ४ सय ५३ कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको थियो। हाल कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बलेफी खोलाको श्रोत उपयोग गरी ३६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…