दशौं वर्ष पुरा गरेको अवसरमा नेपाल पत्रकार महासंघ जापान शाखाले शुभकामना आदनप्रदान कार्यक्रम गर्ने ।

जापान । पत्रकार महासंघ जापान स्थापनाको एक दशक अवसर पारेर अन्तरक्रिया गरिदै नेपाल पत्रकार महासंघ जापान शाखाको स्थापनाको दशौं वर्ष पुरा गरेको अवसरमा एक अन्तरक्रिया सहित शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ।

मार्च १३ तारिक आईतबार ‘नेपाल-जापान सम्वन्धको ६ दशक’ विषयमा विषय विज्ञहरू सहित अन्तरक्रिया गरिने भएको छ। भने खुल्ला शुभकामना आदनप्रदान कार्यक्रम समेत आयोजना गरिने तयारी गरिएको महासंघ जापानका अध्यक्ष मोहन घलेले जानकारी दिनुभयो। अन्तरक्रिया कार्यक्रम अन्तगत नेपाल जापान सम्वन्धको ६ दशक विषयमा जापानका लागि नेपाली पूर्व राजदूत तथा नेपाल सरकारका पूर्व परराष्ट्र सचिव डा मदनकुमार भट्टराई र नेपाल जापान सांस्कृतिक सम्वन्धमा जानकार तथा लेखक हारूहितो नोजुले विषेश प्रस्तुति गर्नुहुनेछ। भने सो कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य भूषण घिमिरे र खानागावा राज्यका सल्लाहकार समेत रहनु भएका जीज्ञानकुमार थापाले टिप्पणी सहित आफ्नो प्रस्तुति दिनु हुनेछ।

यस्तै दोस्रो चरणको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाली राजदूतावासका कार्यवाहक राजदूत अम्विकाप्रसाद जोशी लगायत जापानमा क्रियाशिल नेपाली संघसंस्थाका प्रतिनिधिहरूसंग समसामयिक विषयमा अन्तरक्रिया सहित शुभकामना आदनप्रदान हुनेछ। जुम अनलाईन मार्फत लाईभ हुने कार्यक्रम आईतबार नेपाल समय १० बजे तथा जापान समय १ः१५ बाट हुने अध्यक्ष घलेले जानकारी दिनुभयो।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago