दशौं वर्ष पुरा गरेको अवसरमा नेपाल पत्रकार महासंघ जापान शाखाले शुभकामना आदनप्रदान कार्यक्रम गर्ने ।

जापान । पत्रकार महासंघ जापान स्थापनाको एक दशक अवसर पारेर अन्तरक्रिया गरिदै नेपाल पत्रकार महासंघ जापान शाखाको स्थापनाको दशौं वर्ष पुरा गरेको अवसरमा एक अन्तरक्रिया सहित शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ।

मार्च १३ तारिक आईतबार ‘नेपाल-जापान सम्वन्धको ६ दशक’ विषयमा विषय विज्ञहरू सहित अन्तरक्रिया गरिने भएको छ। भने खुल्ला शुभकामना आदनप्रदान कार्यक्रम समेत आयोजना गरिने तयारी गरिएको महासंघ जापानका अध्यक्ष मोहन घलेले जानकारी दिनुभयो। अन्तरक्रिया कार्यक्रम अन्तगत नेपाल जापान सम्वन्धको ६ दशक विषयमा जापानका लागि नेपाली पूर्व राजदूत तथा नेपाल सरकारका पूर्व परराष्ट्र सचिव डा मदनकुमार भट्टराई र नेपाल जापान सांस्कृतिक सम्वन्धमा जानकार तथा लेखक हारूहितो नोजुले विषेश प्रस्तुति गर्नुहुनेछ। भने सो कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य भूषण घिमिरे र खानागावा राज्यका सल्लाहकार समेत रहनु भएका जीज्ञानकुमार थापाले टिप्पणी सहित आफ्नो प्रस्तुति दिनु हुनेछ।

यस्तै दोस्रो चरणको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाली राजदूतावासका कार्यवाहक राजदूत अम्विकाप्रसाद जोशी लगायत जापानमा क्रियाशिल नेपाली संघसंस्थाका प्रतिनिधिहरूसंग समसामयिक विषयमा अन्तरक्रिया सहित शुभकामना आदनप्रदान हुनेछ। जुम अनलाईन मार्फत लाईभ हुने कार्यक्रम आईतबार नेपाल समय १० बजे तथा जापान समय १ः१५ बाट हुने अध्यक्ष घलेले जानकारी दिनुभयो।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago