नेपाली विद्यार्थी जापानमा उच्च शिक्षा पढ्न जान थालेको १२० वर्ष पूरा ।

काठमाडौं । सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गरेका थिए ।
फाइल फोटो

त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाएका थिए। आठ जना नेपाली विद्यार्थीलाई पढाइमा कुनै दुःख नहोस् भनेर उनीहरुको साथमा १७ जना सुसारे पनि जापान पठाइएको थियो । उनीहरुको गाइडका रुपमा स्वामी पुरानन्द गिरी पनि साथमा थिए ।

यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इञ्जिनीयरिङ, देव नरसिंह राणा र बालनरसिंह रायमाझी खनिज, दीप नरसिंह राणा कृषि, हेमबहादुर राजभण्डारी मेकानिकल इञ्जिनिरिङ, रुद्रलाल सिंह व्यावहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा, पछि रेशम खेती) बारे थिए ।

नेपाली विद्यार्थी जापानमा उच्च शिक्षा पढ्न जान थालेको १२० वर्ष पुगेको अवसरमा जापानमा उच्च शिक्षा पढेर फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जुआन’ले आज राजधानीमा अन्तरक्रियाको आयोजना गर्यो । कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल र जापानबीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै कोरोना महामारीका कारण विगत दुई वर्षदेखि जापानमा पढ्न जान नपाएका नेपाली विद्यार्थीहरुका लागि सोमबार १४ मार्चदेखि राजदूतावासले सहज बनाउने बताए। पछिल्लो समय नेपाली युवा विद्यार्थीहरु अध्ययनको लागि जापानमा आर्कषित हुन थालेको राजदूत किकुताको भनाई थियो ।

सन् १९६० मा जापानमा उच्च शिक्षा अध्ययन गरेर नेपाल फर्केका तत्कालीन ‘जुसान’ का पूर्वअध्यक्ष हरेन्द्र वरुवाले नेपाली विद्यार्थी जापान गएर पढ्न थालेको इतिहासबारे जानकारी गराएका थिए । त्यतिखेर नेपाली विद्यार्थीले जापानबाट उच्च शिक्षाको साथै जापानी कला संस्कृति र आफ्नो राष्ट्रियताको सम्मान गर्ने शैली पनि सिकेर फर्केको उहाँले उल्लेख गरे । दोस्रो विश्वयुद्धपछि जापान आधुनिकीकरण भएको तर आफ्नो परम्परा र संस्कृतिलाई भने जीवित राख्न सफल भएको वरुवाले बताए।

जुआनका अध्यक्ष डा प्रवीण श्रेष्ठ, जापान वैदेशिक सहयोग नियोग ‘जाइका’ का प्रमुख प्रतिनिधि आकिमिचु ओकुबो, जुआनका उपाध्यक्ष डा. खड्ग केसी, महासचिव डा जीवन भट्टराई, जानका अध्यक्ष डा. रामचन्द्र भुषाल, ओट्सका अध्यक्ष प्रशन्नलाल श्रेष्ठ, जाल्टानका अध्यक्ष मनिष श्रेष्ठ, फुलब्राइटका अध्यक्ष किर्तिविलाश जोशी, ब्रिटिस एलुम्नाईका अध्यक्ष डा. उत्तमबाबु पन्त, आनाका अध्यक्ष अनन्त पौडेल, राईसनका अध्यक्ष डा. ताराप्रसाद सापकोटा, जुआनका पूर्वअध्यक्ष डा. दिनेशराज भुजु, अशोक शम्शेर राणालगायतले नेपाल जापान सम्वन्धका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको पहिलो वैदेशिक खाता जापानमा खोल्न विशेष योगदान गरेका नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शम्शेर राणालाई जुआन संस्थाको संरक्षकमा मनोनित गरेको घोषणा गरियो । जुआनका संस्थापक अध्यक्ष इलेक्ट्रिकल इञ्जियीर पद्मसुन्दर मल्ल रहेका छन् र उनले सन् १९१६ मा जापानमा अध्ययन गरेका थिए ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago