काँग्रेसलाई एकजुट बनाउन सके चुनावमा कसैले हराउन सक्दैनः प्रदीप पौडेल

नुवाकोट नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी एकढिक्का हुन सके आगामी चुनावमा पार्टीलाई कसैले हराउन नसक्ने बताएका छन् । पार्टीमा आन्तरिक एकताको समस्या रहेको स्वीकार्दै उनले त्यस्तो समस्यालाई सुधारेर पार्टीलाई एकढिक्का बनाएर चुनाव केन्द्रीत हुनुपर्ने उनको भनाइ छ ।

फाइल फोटो
नेपाली काँग्रेस नुवाकोट क्षेत्र नम्बर  १ (ख) स्तरीय चुनाव केन्द्रीत ‘घर घर जाओैं, काँग्रेस जिताऔँ’ अभियानअन्तर्गत शनिबार ककनीमा समापन गर्दै पौडेलले पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित्नेहरूले हार्नेलाई पनि समेटेर एकताको भावना प्रस्तुत गर्नुपर्नेमा जोड दिए । 

उनले आन्तरिक प्रतिस्पर्धालाई सामान्य रुपमा लिँदै हार्नेलाई पनि कार्यक्रमहरुलाई समेट्ने अभ्यास हुन सके पार्टी एकढिक्का हुनसक्ने धारणा राखे । तर, अहिले हार्नेको अत्तोपत्तो नहुने परिपाटी रहेको औल्याउँदै उनले यसले पार्टी बलियो हुन नसक्ने धारणा राखे ।

उनले काँग्रेसको प्रतिस्पर्धी कम्युनिस्ट नै भएको धारणा राख्दै भने, ‘चुनाव जित्नका  लागि उपविजेताहरुसँगै मिलेर बस्न सक्ने अवस्था हुनुपर्छ । आन्तरिक मञ्चहरूमा काँग्रेस एकै ठाउँमा हुनुपर्छ ।  जितेका हारेका सबै एकैठाउँमा हुनुपर्छ ।’

काँग्रेस नै मिल्न नसक्दा नै पार्टीले उल्लेखनीय नतिजा ल्याउन नसकेको विगतलाई कोट्याउँदै उनले यसमा सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले पार्टीको अबको मुद्दा आर्थिक विकासको हुनुपर्ने धारणा पनि सो क्रममा राखे । राजनीतिक मुद्दालाई संस्थागत गर्नका लागि पनि आर्थिक विकास अनिवार्य भएको उनको धारणा छ । 
Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago