निर्वाचनमा तालमेलका लागि कोसिस गर्छौँ, नभए एक्लै प्रतिस्पर्धा गर्छौँ : प्रचण्ड

त्रिशूली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा सकेसम्म गठबन्धनबीच सहकार्य गर्ने अन्यथा एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् ।

फाइल फोटो

दिवंगत नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को नुवाकोटको पिपलटारमा निर्माण गरिएको पूर्णकदको सालिक अनावरण गर्दै अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनका पक्षमा देखिएको समस्या समाधानका लागि सत्तारूढ गठबन्धनबीच भएको सहकार्य आसन्न निर्वाचनमा पनि कायमै राख्न कोसिस गरिने बताए ।

“केन्द्रीय कमिटीको हालै सम्पन्न बैठकले निर्वाचनकेन्द्रित दुईमहिने अभियानको घोषणा गरेकाले अबको समय चुनावी तयारीको रहेको छ,” उनले भने, “अब प्रदेशस्तरीय भेला तथा प्रशिक्षण गर्दै त्यसपछि जनताको घरघरमा पुगेर पार्टीलाई विजयी गराउनका लागि अपिल गर्ने नीति पार्टीले अवलम्बन गरेको छ ।”

स्थानीय तहको चुनावमा सत्तारूढ गठबन्धनबीच तालमेल प्रयास जारी रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, “जनतासँगको सम्बन्ध बलियो बनाएर आफ्नै खुट्टामा उभिएर चुनाव जित्न उच्च प्रथामिकता दिने हो । तर, सत्तारूढबीचको सम्बन्ध कायम राख्दै तालमेललाई पनि ध्यान दिने र त्यसका लागि पनि नेतृत्वले प्रयास गरिराख्छ ।”

दिवाकरको सम्झना
नेपालको कम्युनिस्ट आन्दोलन र माओवादी पार्टीको संगठन निर्माणसहित सुदृढीकरणमा शालीन र शिष्ट नेता दिवाकरको निधनले ठूलो क्षति पुगेको र अहिले पनि अभाव खट्किरहेको अध्यक्ष प्रचण्डले बताए । पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानका संरक्षक समेत रहेका प्रचण्डले विदुर–५, पिपलटार उद्यानमा बनाइएको सालिक मात्र नभई उनको योगदानको शिक्षा ग्रहण गर्ने थलोका रूपमा विकास गर्न सुझाव दिए ।

कार्यक्रममा नुवाकोटबाट प्रतिनिधित्व गर्दै केन्द्रीय राजनीतिमा रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महत, नेपाली कांग्रेस कार्यसम्पादन समितिका सदस्य डा. रामशरण महत, अजुर्ननरसिंह केसी, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ, केन्द्रीय सदस्य हितबहादुर तामाङ, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रकाश लाहनीलगायत वक्ताले दिवाकरलाई सामान्य जीवनशैली, देश र जनताका लागि इमानदार व्यक्तित्व एवं टुटफुटभन्दा पनि एकताको पक्षमा लगनशील व्यक्तित्वको रूपमा उनको योगदानको चर्चा गरे ।

तत्कालीन पार्टी उपाध्यक्ष समेत रहेका दिवाकरको वि.सं. २०७१ भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । पूर्वमन्त्री समेत रहेका उनको स्मृतिमा नुवाकोटको पिपलटारमा स्थापना गरिएको पूर्णकदको सालिकको अनावरण गरिएसँगै उनको जीवन झल्कने वस्तुस्थिति, लेखरचना, पार्टीका लागि पुर्‍याएको योगदानलगायत सामग्री समावेश गरेर पुस्तकालय समेत स्थापना गर्ने र उनको अधुरो सपना पूरा गर्ने अभियानमा लाग्ने प्रतिष्ठान अध्यक्ष हितराज पाण्डेले बताए ।

दिवाकरको जन्म नुवाकोटको साविक तुप्चे गाविस–२ स्थित भित्रीनिटारमा वि.सं. २०१० मा भएको थियो । नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक चरण वि.सं. २०३६ को पञ्चायत सुधारको आन्दोलन, वि.सं. २०४६ को बहुदल स्थापनाको आन्दोलन, वि.सं. २०५२ देखिको एक दशकसम्म चलेको जनयुद्ध (सशस्त्र) आन्दोलन, वि.सं. २०६२–६३ को दोस्रो जनआन्दोलनमा प्रत्यक्ष नेतृत्व गरेका दिवाकर पटक–पटक दमन, गिरफ्तार, यातना र चुनौतीमाझ पनि कहिल्यै नझुक्ने निडर क्रान्तिकारी योद्धाका रूपमा लिने गरिएको छ । रासस

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago