काठमाडौं: एनआइसी एशिया बैंकले ग्राहकको लागि सर्वश्रेष्ठ बचत खाता सुविधा ल्याएको छ।
जसअन्तर्गत एक जनाले खाता खोल्दा चार जनालाई ८४ लाखको बीमा सुविधा प्राप्त हुने बैंकले बताएको छ।
यो सुविधा अरु कुनै पनि वाणिज्य बैंकले उपलब्ध गराउन नसकेको बैंकको दावी छ। यो आम ग्राहकवर्गका लागि स्वास्थ्य उपचारको लागि पाइने सबैभन्दा धेरै बीमा रकम भएको खाता भएको बैंकको भनाई छ।
बैंकका अनुसार एक जनाले सर्वश्रेष्ठ बचत खाता खोल्दा अन्य तीन जनासमेत गरी चार व्यक्ति लाभान्वित हुनेछन्। यसमा रहेको ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा खातावालाले तोकेका अन्य तीन व्यक्तिले उपभोग गर्न सक्ने बताइएको छ।
तीन जना आफ्नै परिवार वा बाहिरका जो कोही पनि हुन सक्छन्। यो सुविधा पाँच वर्षसम्म निःशुल्क उपभोग गर्न पाइन्छ।
बैंकले सर्वश्रेष्ठ एम्बेसडर, सर्वश्रेष्ठ प्राइड र सर्वश्रेष्ठ पार्टनर गरी तीन वटा खाता खोल्न सक्ने बताएको छ। जसमध्ये एम्बेसडर र प्राइड खातावालाले अन्य पाँच जनालाई बीमा फाइदा दिलाउन सक्छन्। एम्बेसडर खाता खोल्नेले आफूसहित ४ जनाले ८४ लाख रुपैयाँसम्म बीमा फाइदा पाउनेछन्।
यस खातामा दुर्घटना बीमाका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ उपलब्ध गराएको छ।
यस्तै, घातक रोग बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ बीमा उपलब्ध गराएको छ । मेडिलक बीमाको लागि बैंकले प्रतिव्यक्ति १ लाख रुपैयाँ गरी कुल ४ लाख रुपैयाँ उपलब्ध गराएको छ।
मेडिलकलको चार लाख रुपैयाँको बीमामध्ये ओपीडीको लागि ८० हजार रुपैयाँसम्म र अस्पताल भर्ना भएमा तीन लाख २० हजार रुपैयाँसम्म उपलब्ध हुनेछ। बैंकले यो बीमा फाइदाको अवधिलाई ५ वर्ष पुर्याएको छ। यसअघि बैंकले १ वर्षका लागि मात्र यो फाइदा उपलब्ध गराएको थियो। यो फाइदा उपभोग गर्न खातावालाले सिफारिस गरेका तीन सदस्यले एनआइसी एशिया बैंकको खाता पनि खोल्नु पर्छ।
प्राइड भने खातावालाबाहेकले पनि बीमा फाइदा पाउने अर्को खाता हो। प्राइड खाता खोल्दा खातावालासमेत गरी दुई जनाले बीमा फाइदा उपभोग गर्न पाउँछन्। प्राइड तलब बचत खाता खोल्ने ग्राहकले ४२ लाख रुपैयाँको बीमा फाइदा प्राप्त गर्नेछन्। यस्तो बीमा पनि ५ वर्षका लागि उपलब्ध हुनेछ।
यसमा दुर्घटना बीमाको लागि २० लाख, घातक रोग बीमा २० लाख र औषधि उपचारको लागि दुई लाख रुपैयाँ बीमा रकम उपलब्ध गराइएको छ। बैंकले ३५८ शाखा, ४७३ एटिएम काउन्टर, ८१ शाखारहित बैंकिङ सेवा र ९४ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…