के यो सम्भव छ? एनआइसी एशिया बैंकमा एक जनाले खाता खोल्दा चार जनालाई ८४ लाखको बीमा

काठमाडौं: एनआइसी एशिया बैंकले ग्राहकको लागि सर्वश्रेष्ठ बचत खाता सुविधा ल्याएको छ।
जसअन्तर्गत एक जनाले खाता खोल्दा चार जनालाई ८४ लाखको बीमा सुविधा प्राप्त हुने बैंकले बताएको छ।

यो सुविधा अरु कुनै पनि वाणिज्य बैंकले उपलब्ध गराउन नसकेको बैंकको दावी छ। यो आम ग्राहकवर्गका लागि स्वास्थ्य उपचारको लागि पाइने सबैभन्दा धेरै बीमा रकम भएको खाता भएको बैंकको भनाई छ।

बैंकका अनुसार एक जनाले सर्वश्रेष्ठ बचत खाता खोल्दा अन्य तीन जनासमेत गरी चार व्यक्ति लाभान्वित हुनेछन्। यसमा रहेको ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा खातावालाले तोकेका अन्य तीन व्यक्तिले उपभोग गर्न सक्ने बताइएको छ।
तीन जना आफ्नै परिवार वा बाहिरका जो कोही पनि हुन सक्छन्। यो सुविधा पाँच वर्षसम्म निःशुल्क उपभोग गर्न पाइन्छ।
बैंकले सर्वश्रेष्ठ एम्बेसडर, सर्वश्रेष्ठ प्राइड र सर्वश्रेष्ठ पार्टनर गरी तीन वटा खाता खोल्न सक्ने बताएको छ। जसमध्ये एम्बेसडर र प्राइड खातावालाले अन्य पाँच जनालाई बीमा फाइदा दिलाउन सक्छन्। एम्बेसडर खाता खोल्नेले आफूसहित ४ जनाले ८४ लाख रुपैयाँसम्म बीमा फाइदा पाउनेछन्।

यस खातामा दुर्घटना बीमाका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ उपलब्ध गराएको छ।
यस्तै, घातक रोग बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ बीमा उपलब्ध गराएको छ । मेडिलक बीमाको लागि बैंकले प्रतिव्यक्ति १ लाख रुपैयाँ गरी कुल ४ लाख रुपैयाँ उपलब्ध गराएको छ।
मेडिलकलको चार लाख रुपैयाँको बीमामध्ये ओपीडीको लागि ८० हजार रुपैयाँसम्म र अस्पताल भर्ना भएमा तीन लाख २० हजार रुपैयाँसम्म उपलब्ध हुनेछ। बैंकले यो बीमा फाइदाको अवधिलाई ५ वर्ष पुर्याएको छ। यसअघि बैंकले १ वर्षका लागि मात्र यो फाइदा उपलब्ध गराएको थियो। यो फाइदा उपभोग गर्न खातावालाले सिफारिस गरेका तीन सदस्यले एनआइसी एशिया बैंकको खाता पनि खोल्नु पर्छ।
प्राइड भने खातावालाबाहेकले पनि बीमा फाइदा पाउने अर्को खाता हो। प्राइड खाता खोल्दा खातावालासमेत गरी दुई जनाले बीमा फाइदा उपभोग गर्न पाउँछन्। प्राइड तलब बचत खाता खोल्ने ग्राहकले ४२ लाख रुपैयाँको बीमा फाइदा प्राप्त गर्नेछन्। यस्तो बीमा पनि ५ वर्षका लागि उपलब्ध हुनेछ।
यसमा दुर्घटना बीमाको लागि २० लाख, घातक रोग बीमा २० लाख र औषधि उपचारको लागि दुई लाख रुपैयाँ बीमा रकम उपलब्ध गराइएको छ। बैंकले ३५८ शाखा, ४७३ एटिएम काउन्टर, ८१ शाखारहित बैंकिङ सेवा र ९४ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago