हिन्दू राष्ट्र पुनःस्थापनाका लागि आन्दोलन गर्ने कमल थापाको उद्घोष

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन्। राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्दै उनले सम्पूर्ण नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दू राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रने उद्घोष गरे ।

फाइल फोटो

सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकाले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले स्पष्ट पारे।
नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्दै गएकोमा यो राम्रो लक्षण नभएको भन्दै अध्यक्ष थापाले यसको सम्पूर्ण दोषी विदेशी प्रभुहरुका अगाडि लम्पसार पर्ने प्रमुख राजनीतिक दलका नेताहरु भएकाले यसको अन्त्यका लागि बलियो वैकल्पिक राजनीतिक शक्तिको रुपमा राप्रपा नेपाल उदाएको ठोकुवा गरे।

निस्वार्थ भावले राष्ट्रको लागि केही गर्छौं भन्ने आशा बोकेका युवाहरुको साथले राप्रपा नेपाललाई थप उर्जा र हौसला प्राप्त भएको बताउँदै उनले सम्बर्धनवाद, लोकतन्त्र, हिन्दू राष्ट्र, सुशासन, समृद्धि र राष्ट्रवादको एजेण्डा बोकेर जनतामाझ आएको राप्रपा नेपालप्रति स्वतन्त्ररुपमा रहेका व्यक्तित्वहरु, विभिन्न संघ संगठनहरु अकर्षित हुँदै पार्टी प्रवेश गर्ने लहर सुरु भैसकेकाले पार्टीका एजेण्डा बोकेर घरघर, दैलोदैलो पुग्न युवाहरुलाई आह्वान गरे।

कार्यक्रममा युवा नेता नगेन्द्र देउजाको अध्यक्षतामा ११३ सदस्यीय राष्ट्रिय युवा मोर्चा नेपाल घोषणा गरिएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago