हिन्दू राष्ट्र पुनःस्थापनाका लागि आन्दोलन गर्ने कमल थापाको उद्घोष

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन्। राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्दै उनले सम्पूर्ण नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दू राष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रने उद्घोष गरे ।

फाइल फोटो

सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकाले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले स्पष्ट पारे।
नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्दै गएकोमा यो राम्रो लक्षण नभएको भन्दै अध्यक्ष थापाले यसको सम्पूर्ण दोषी विदेशी प्रभुहरुका अगाडि लम्पसार पर्ने प्रमुख राजनीतिक दलका नेताहरु भएकाले यसको अन्त्यका लागि बलियो वैकल्पिक राजनीतिक शक्तिको रुपमा राप्रपा नेपाल उदाएको ठोकुवा गरे।

निस्वार्थ भावले राष्ट्रको लागि केही गर्छौं भन्ने आशा बोकेका युवाहरुको साथले राप्रपा नेपाललाई थप उर्जा र हौसला प्राप्त भएको बताउँदै उनले सम्बर्धनवाद, लोकतन्त्र, हिन्दू राष्ट्र, सुशासन, समृद्धि र राष्ट्रवादको एजेण्डा बोकेर जनतामाझ आएको राप्रपा नेपालप्रति स्वतन्त्ररुपमा रहेका व्यक्तित्वहरु, विभिन्न संघ संगठनहरु अकर्षित हुँदै पार्टी प्रवेश गर्ने लहर सुरु भैसकेकाले पार्टीका एजेण्डा बोकेर घरघर, दैलोदैलो पुग्न युवाहरुलाई आह्वान गरे।

कार्यक्रममा युवा नेता नगेन्द्र देउजाको अध्यक्षतामा ११३ सदस्यीय राष्ट्रिय युवा मोर्चा नेपाल घोषणा गरिएको थियो ।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago