आखिर के छ भिडियोमा, सपुतलाई माओवादी कार्यकर्ताको चेतावनी

काठमाडौं: चर्चित गायक तथा मोडल प्रकाश सपुतले नयाँ भिडियो सार्वजनिक गरेको छ । उनले आफ्नै युटुब च्यानलबाट नयाँ भिडियो पिर सार्वजनिक गरेका छन् । सामाजिक विषय वस्तुलाई गीत तथा कला क्षेत्रबाट उजागर गर्दै आएका गायक तथा मोडल सपुतले सृजना गरेको अधिकांश गीत तथा भिडियोलाई आम दर्शक तथा स्रोताले मन पराउने गरेका छन् ।

अन्य गित तथा भिडियो जस्तै उनको यो गीत तथा भिडियो पनि चर्चामा रह्यो । तर, नकारात्मक रुपमा । उनले पिरबाट तत्कालीन नेकपा माओवादीले गरेको जनयुद्ध र त्यस युद्धमा सामेल जनमुक्ति सेनाका महिला सेनाहरुको विषयको भूमिकालाई जोडेर भिडियो तयार गरेका छन् । उक्त भिडियोमा सपुतले युद्धमा जनमुक्ति सेनाको भूमिका रहेको एक महिलालाई अहिले वेश्यवृति गर्दै गरेको देखाएको छ ।

उनको गीतको भिडियोको १० मिनेटमा देखाएको भिडियोले हिजो युद्धमा लागेको महिला जनमुक्ति सेनाहरु अहिले देहव्यापारमा लागेको देखाएको छ । भिडियोमा सपुत आफैले जनमुक्ति सेनाको भूमिका निर्वाह गरेको देखाएका छन् । उनले युद्धको समयमा एक जनमुक्ति सेनासँग विवाह गर्छन् । सपुतको श्रीमतीको भूमिकामा चर्चित नायिका सुरक्षा पन्तले भूमिका निर्वाह गरेकी छन् । आर्थिक अभावले पिल्सिएका उनीहरुबीच वैदेशिक रोजगारीमा जाने कुरा हुन्छ । सपुत वैदेशिक रोजगारीमा नगएपछि उनका श्रीमतीको भुमिकामा रहेकी पन्त वैदेशिक रोजगारीमा गएकी छन् ।

त्यही समयमा उनीलाई यौन चाहाना पुरा एउटीे केटीसँग उसका साथीले भेटाइदिन्छ । उक्त केटी युद्धका समयमा संगै काम गरकी योद्ध भएको हुन्छ । उनले यसरी युद्धको समयमा युद्ध लडेका महिला योद्धाहरु अहिले वेश्यवृतिमा लागेको देखाउन खोजेका छन् । हुन त सपुतले भिडियो सुरुवातमा माओवादी र जनयुद्धले अपेक्षीत उपलब्धी दिन नसकेको बरु त्यहाँ लागको नेताहरु आफै फेरिएको उल्लेख गरेका छन् ।

माओवादी र माओवादीले सुरु गरेको जनयुद्धमा सामेल भएका महिला छापामारलाई अपमानित गर्ने गरि देखाइएको उक्त गीत र भिडियो प्रति उक्त युद्धमा लागेको महिला छापामारहरुले त्यसको विरोध गरेका छन् । महिला छापामारहरुले आफूले जनयुद्धमा लागेर कुनै पश्चिताव नगरेको बरु गर्व गरेको भन्दै सपुतलाई त्यसको पुष्टि गर्न चुनौति दिएका छन् ।

अखिल(क्रान्तिकारी) भक्तपुरकी उपाध्यक्ष नमुना सापकोटाले माओवादी जनयुद्धमा लागेका महिला छापामारलाई यौन व्यवसायमा लागेको आशय भिडियोमा देखाएको भन्दै प्रमाण पेश गर्न पर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘माओवादी महिला छापामारलाई यौन व्यवसाय गरेको भन्ने आशयको भिडियो प्रशारण गर्ने गायक प्रकाश सपुतले प्रमाण पेश गर्नुपर्छ होइन भने तिमिले सामाजिक बहिस्कार सहनुपर्छ ।’

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की केन्द्रीय सदस्य सुनीता गौतमले पनि सपुतले महिला आन्दोलन र महिलामाथि नै ठुलो अपमान गरेको बताएकी छन् । उनले महिला मुक्ति आन्दोलनमा लगेका र महिला अधिकारसँगै देशको शासन व्यवसस्था परिर्वतन गर्न ज्यानको आहुति दिन तयार भएर युद्धमा होमिएका महिला छापामारलाई अपमान गरेर देखाइएको भिडियो प्रति घोर निन्दा गर्दै आपत्ति जनाएकी छन् ।

समाजिक सञ्जालमा समेत गायक सपुतको चर्को विरोध सुरु भएको छ । माओवादी नेता कार्यकर्ताहरुले सपुतलाई तथानाम गाली गरेका छन् । भने यो भिडियोले महिला मुक्ति आन्दोलनमाथि धावा बोलेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा लेख्नेहरु सपुतलाई तल्लो जात, तिमीले छोएको पानी पनि चल्दैन, गाउँगाउँ र टोलटोलबाट बहिष्कार गर्नुपर्ने जस्ता कमेन्ट गरेका छन् ।

उनलाई महिलाको भावनामाथि व्यापार गर्ने व्यापारी भन्दै महिलाहरुले सपुतको यस्तो हर्कतको डटेर सामना गर्नुपर्ने बताएका छन् । उनी कलाकार र गायकभन्दा बढी व्यापारी भएको त्यसमा पनि महिलाको भावनामाथिको व्यापारी रहेको टिप्पणी गरेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago