भक्तपुरमा फेरि देखियो बर्डफ्लू,काभ्रेको साँगामा उच्च सतर्कता

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका १० स्थित एक पोल्ट्री फार्ममा एक सातापछि  आज पुन बर्डफ्लु देखिएको छ  ।

फाइल फोटो

भक्तपुरमा  बर्डफ्लू देखीसंगै काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ । उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत वस्तु आयात निर्यातमा सतर्कता अपनाउँदै परीक्षण काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाइएको र भोलि आइतबारदेखि थप सतर्कताका योजना सञ्चालन गर्छौँ  उनले भनिन् ।

जिल्लाको दक्षिण पूर्वी नाका बीपी राजमार्गअन्तर्गत रोसी गाउँपालिकाको मगंलटार पक्षी जाँच केन्द्र स्थापना गरिएको र जिल्लाअन्तर्गत राजमार्ग जोडिने अन्य नाकामा पनि उच्च सतर्कता अपनाइने प्रजिअ पाण्डेले जानकारी दिइन्  ।

राजधानी काठमाडौँसहित केही जिल्लामा बर्डफ्लु देखिएपछि उपत्यकाको पूर्वी नाका तथा जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको हो । पनौती र बनेपा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिक रुपमा कुखुरा, कालिज तथा अन्य पक्षीपालक कृषकसँग उक्त महामारी रोगबारे अन्तरक्रिया गर्नाका साथै  विभिन्न स्थानको नमूना परीक्षण गर्दा बर्डफ्लु नेगेटिभ रिपोर्ट आएको जनाएका थिए। 

केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईंले पक्षी पालिएको खोर सधैँ सफा राख्दे निसङ्क्रमण गर्नुपर्ने र सम्बद्ध व्यक्तिले मास्क, बुट र पञ्जा अनिवार्य लगाउनुपर्ने बताए । गत माघ १६ गते मोरङको दुई स्थानमा देखिएको बर्डफ्लु त्यसयता चितवन र सङ्घीय राजधानी काठमाडौँ भक्तपुरमा देखिएको थियो । 

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago