फाइल फोटो
बारा । चीन सरकारसँग भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता सार्वजनिक गर्न माग गर्दै प्रदर्शन भएको छ ।
शनिबार बाराको कलैयामा राष्ट्रिय एकता अभियानसम्बद्ध राष्ट्रिय विद्यार्थी परिषदले बीआरआई सम्झौता सार्वजनिक गर्नुपर्ने भन्दै प्रदर्शन गरेको हो । त्यसक्रममा परिषद्का विद्यार्थीहरूले चिनियाँ राष्ट्रपति सि जिनपिङको फोटो पनि जलाएका छन् ।
सन् २०१७ मा तत्कालीन नेकपा सरकारले ब्याजदरमा चीनसँग ऋण सम्झौता गरेको र यसको दस्तावेज गोप्य राखिएको दाबी गर्दै सार्वजनिक गर्न परिषदका केन्द्रीय संयोजक विवेक कुशवाहाले माग गरेका छन् ।
उनले भने ‘तत्कालीन कम्युनिष्ट सरकारले चीनसँग गरेको गोप्य समझौताको आधिकारिक कागजात सम्पूर्ण जनतालाई अध्ययनका लागि तुरन्त उपलब्ध गराऊ ।’ श्रीलंकाकै अवस्थामा नेपाललाई पुर्याउने गरी बीआरआईमा कम्युनिस्टहरूले राष्ट्रघात उनीहरूको आरोप छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…