चीनसँग भएको बीआरआई सम्झौता सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

२०७८, २८ फाल्गुन शनिबार २०:५०

बारा । चीन सरकारसँग भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता सार्वजनिक गर्न माग गर्दै प्रदर्शन भएको छ ।

फाइल फोटो

शनिबार बाराको कलैयामा राष्ट्रिय एकता अभियानसम्बद्ध राष्ट्रिय विद्यार्थी परिषदले बीआरआई सम्झौता सार्वजनिक गर्नुपर्ने भन्दै प्रदर्शन गरेको हो । त्यसक्रममा परिषद्का विद्यार्थीहरूले चिनियाँ राष्ट्रपति सि जिनपिङको फोटो पनि जलाएका छन् ।

सन् २०१७ मा तत्कालीन नेकपा सरकारले ब्याजदरमा चीनसँग ऋण सम्झौता गरेको र यसको दस्तावेज गोप्य राखिएको दाबी गर्दै सार्वजनिक गर्न परिषदका केन्द्रीय संयोजक विवेक कुशवाहाले माग गरेका छन् ।

उनले भने ‘तत्कालीन कम्युनिष्ट सरकारले चीनसँग गरेको गोप्य समझौताको आधिकारिक कागजात सम्पूर्ण जनतालाई अध्ययनका लागि तुरन्त उपलब्ध गराऊ ।’ श्रीलंकाकै अवस्थामा नेपाललाई पुर्‍याउने गरी बीआरआईमा कम्युनिस्टहरूले राष्ट्रघात उनीहरूको आरोप छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु