कमल पंथि, काठमाडौँ: काठमाडौँ उपत्यका नजिकको पर्यटकीय गन्तव्य नगरकोटमा नेपाल भ्रमण वर्षमा आउने पर्यटकलाई थप आकर्षण गर्न पहल सुरु भएको छ । भक्तपुरबाट नगरकोट जाने सडक ठेकेदारको लापरबाहीले समयमै नबन्दा समस्या भए पनि स्थानीयवासीले आफ्नो प्रयास कायमै राखेका छन् । नगरकोटको भौतिक पूर्वाधार विकासका लागि चाँगुनारायण नगरपालिका र मण्डनदेउपुर नगरपालिकाले विभिन्न योजना अगाडि सारेका छन् ।

ती दुई नगरपालिकाको साँधबाट नगरकोट प्रवेश गर्ने पर्यटकका लागि प्रवेश शुल्क उठाइन्छ । चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले पर्यटकको सुविधाका लागि भट्टेडाँडामा ५५ करोड रुपियाँको लागतमा बसपार्क निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको बताउनुभयो । उहाँले चाँगुनारायणदेखि नगरकोटसम्म धार्मिक पर्यटन पदमार्गको पनि निर्माण सकिन लागेको र छिट्टै उद्घाटन हुन्छ भन्नुभयो ।

त्यसैगरी मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले नगरकोटको पर्यटकीय भूभाग यस नगरपालिकाभित्रै पर्छ । यताबाट नगरकोट प्रवेश गर्ने पर्यटकका लागि यही नगरपालिकाले शुल्क उठाउँदै आएको छ । उठेको शुल्कमा अन्य बजेट थपेर नगरकोटलाई पर्यटकीय हब बनाउन हरसम्भव प्रयास गरिने उहाँले बताउनुभयो ।


उहाँले नगरकोटको होटल क्षेत्रको सात सय मिटर बाटो ग्राबेल गरी सोलार बत्तीको व्यवस्थापन, बसपार्क, पिकनिक स्पट निर्माणका लागि नगरपालिकाले ५० लाख रुपियाँ छुट्याइसकेको छ भन्नुभयो । “भ्यु टावर पनि यहाँको आवश्यकता हो । पर्यटक सूर्य उदाउँदा र अस्ताउँदाको दृश्य हेर्न चाहन्छन् । नगरकोटको मुख्य आकर्षक पक्ष नै यही हो । यसको पनि तयारी हुँदै छ”, अध्यक्ष वाइबाले भन्नुभयो । नगरकोटको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले गुरुयोजना बनाउने जानकारी उहाँले दिनुभयो ।

नेपाल मण्डल पर्यटन नगरीका संयोजक इन्द्र लामाले नगरकोटको पर्यटन प्रवद्र्धन गर्न स्थानीयवासीकै पहल र लगानीबाट अगाडि बढ्ने बताउनुभयो । “अब हात बाँधेर बसेर हुन्न, आफ्नै पहलमा विविध गतिविधि गर्दै छौँ”, उहाँले भन्नुभयो ।
लामाले स्थानीय संस्कार, संस्कृतिको प्रवद्र्धन गरेर नगरकोटमा बढीभन्दा बढी पर्यटक भिœयाउने पहल भइरहेको जानकारी दिनुभयो । स्थानीय निकाय, कलाकार, स्रष्टाहरूसँगको सहकार्यमा पर्यटकलाई आकर्षण गर्ने काम हुँदै आएको उहाँले बताउनुभयो । काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा रहेको नगरकोटबाट गणेश, लाङ्टाङ, गौरीशङ्कर, सगरमाथालगायत ११ वटा हिमशृङ्खला हेर्न सकिन्छ । नगरकोटवरिपरि सामुदायिक वनका रूपमा जङ्गल संरक्षण गरिएको छ । त्यसैगरी नगरकोटको पर्यटन प्रवद्र्धनको उद्देश्यले स्थानीय व्यवसायी, पर्यटन अभियन्ताहरूको साझा संस्था नगरकोट नाल्दुम पर्यटन विकास समितिले भ्रमण वर्षको सन्दर्भलाई जोडेर पर्यटकीय गन्तव्य नगरकोटको बतासे डाँडामा हालै दोस्रो नगरकोट महोत्सव आयोजना गरेको समितिका अध्यक्ष नवीन गुरुङले बताउनुभयो ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago