कमल पंथि, काठमाडौँ: काठमाडौँ उपत्यका नजिकको पर्यटकीय गन्तव्य नगरकोटमा नेपाल भ्रमण वर्षमा आउने पर्यटकलाई थप आकर्षण गर्न पहल सुरु भएको छ । भक्तपुरबाट नगरकोट जाने सडक ठेकेदारको लापरबाहीले समयमै नबन्दा समस्या भए पनि स्थानीयवासीले आफ्नो प्रयास कायमै राखेका छन् । नगरकोटको भौतिक पूर्वाधार विकासका लागि चाँगुनारायण नगरपालिका र मण्डनदेउपुर नगरपालिकाले विभिन्न योजना अगाडि सारेका छन् ।

ती दुई नगरपालिकाको साँधबाट नगरकोट प्रवेश गर्ने पर्यटकका लागि प्रवेश शुल्क उठाइन्छ । चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले पर्यटकको सुविधाका लागि भट्टेडाँडामा ५५ करोड रुपियाँको लागतमा बसपार्क निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको बताउनुभयो । उहाँले चाँगुनारायणदेखि नगरकोटसम्म धार्मिक पर्यटन पदमार्गको पनि निर्माण सकिन लागेको र छिट्टै उद्घाटन हुन्छ भन्नुभयो ।

त्यसैगरी मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले नगरकोटको पर्यटकीय भूभाग यस नगरपालिकाभित्रै पर्छ । यताबाट नगरकोट प्रवेश गर्ने पर्यटकका लागि यही नगरपालिकाले शुल्क उठाउँदै आएको छ । उठेको शुल्कमा अन्य बजेट थपेर नगरकोटलाई पर्यटकीय हब बनाउन हरसम्भव प्रयास गरिने उहाँले बताउनुभयो ।


उहाँले नगरकोटको होटल क्षेत्रको सात सय मिटर बाटो ग्राबेल गरी सोलार बत्तीको व्यवस्थापन, बसपार्क, पिकनिक स्पट निर्माणका लागि नगरपालिकाले ५० लाख रुपियाँ छुट्याइसकेको छ भन्नुभयो । “भ्यु टावर पनि यहाँको आवश्यकता हो । पर्यटक सूर्य उदाउँदा र अस्ताउँदाको दृश्य हेर्न चाहन्छन् । नगरकोटको मुख्य आकर्षक पक्ष नै यही हो । यसको पनि तयारी हुँदै छ”, अध्यक्ष वाइबाले भन्नुभयो । नगरकोटको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले गुरुयोजना बनाउने जानकारी उहाँले दिनुभयो ।

नेपाल मण्डल पर्यटन नगरीका संयोजक इन्द्र लामाले नगरकोटको पर्यटन प्रवद्र्धन गर्न स्थानीयवासीकै पहल र लगानीबाट अगाडि बढ्ने बताउनुभयो । “अब हात बाँधेर बसेर हुन्न, आफ्नै पहलमा विविध गतिविधि गर्दै छौँ”, उहाँले भन्नुभयो ।
लामाले स्थानीय संस्कार, संस्कृतिको प्रवद्र्धन गरेर नगरकोटमा बढीभन्दा बढी पर्यटक भिœयाउने पहल भइरहेको जानकारी दिनुभयो । स्थानीय निकाय, कलाकार, स्रष्टाहरूसँगको सहकार्यमा पर्यटकलाई आकर्षण गर्ने काम हुँदै आएको उहाँले बताउनुभयो । काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा रहेको नगरकोटबाट गणेश, लाङ्टाङ, गौरीशङ्कर, सगरमाथालगायत ११ वटा हिमशृङ्खला हेर्न सकिन्छ । नगरकोटवरिपरि सामुदायिक वनका रूपमा जङ्गल संरक्षण गरिएको छ । त्यसैगरी नगरकोटको पर्यटन प्रवद्र्धनको उद्देश्यले स्थानीय व्यवसायी, पर्यटन अभियन्ताहरूको साझा संस्था नगरकोट नाल्दुम पर्यटन विकास समितिले भ्रमण वर्षको सन्दर्भलाई जोडेर पर्यटकीय गन्तव्य नगरकोटको बतासे डाँडामा हालै दोस्रो नगरकोट महोत्सव आयोजना गरेको समितिका अध्यक्ष नवीन गुरुङले बताउनुभयो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago