मन्दिर मर्मतको चार वर्ष नपुग्दै भत्कियो, आखिर किन बनाइदैछ कमजोर संरचना

पाल्पा: तानसेन नगरपालिका– २, नारायणस्थानस्थित २ सय १५ वर्ष पुरानो मन्दिर मर्मतको चार वर्ष नपुग्दै भत्किएको छ । तत्कालीन काजी अमरसिंह थापाले निर्माण गरेको अमरनारायण मन्दिर बुधबार भत्किएको हो ।
मन्दिरको दक्षिण र पूर्वतर्फको पहिलो तलाको झिंगटीको छानासहितको भाग खसेको पुजारी उमाशंकर पोखरेलले बताए । थापाले नेपाल–अंग्रेज युद्धको समयमा १८६३ सालमा मन्दिर निर्माण गरेको इतिहास छ ।

२०७२–७४ मा अमरनारायण मन्दिर तानसेन नगरपालिकाको रेखदेखमा पुरातत्त्व विभागले जीर्णोद्धार गरेको थियो । जीर्णोद्धार गर्दा सबैभन्दा माथिल्लो छानामा पित्तल लगाइएको छ । गजुरमा सुन लेपन गरिएको छ ।

बाँकी भागमा पनि पुराना काठ फेर्ने, भत्किएकामा मर्मत गर्ने काम भएको थियो । ‘बाँकी दुई तलामा झिँगटीको छाना थियो,’ पुजारी पोखरेलले भने । मन्दिरमा पुरातत्त्व महत्त्वका बहुमूल्य काठका टुँडाल छन् । मन्दिर नजिकका स्थानीय हिमालदत्त श्रेष्ठले सहरी विकास मन्त्रालय र पुरातत्त्व विभागलाई तत्काल मर्मतका लागि जानकारी दिएको बताए ।

पुरातत्त्व विभागका इन्जिनियरको टोलीले नापजाँच गरेर फर्किसकेको छ । विश्व बैंकको ऋण सहयोगमा ३ करोड ४४ लाख खर्चेर मन्दिर मर्मत भएको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago