नेमी कसरी दशरथ भएका थिए, रामका बाबुको नाम कसरि रहन गएको थियो

काठमाडौं: एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमिलाई लिएर फेरि विवादित अभिव्यक्ति दिएका छन् । सरकारको नेतृत्वमा रहँदा रामको जन्मभूमि नेपालको चितवनस्थित ठोरीमा रहेको दाबी गर्दै मूर्तिसमेत खडा गराइसकेका ओलीले शुक्रबार पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा राम जन्मभूमिको मात्र होइन, उनको बाबुको नाम पनि नेमी रहेको बताए । उनले नेमी नाम कसरी दशरथ भयो भन्ने कथा नै सुनाए । ‘रामका बा (बाबु) नेमी भन्ने माडीको छेउमा थिए ।
वीरगन्जभन्दा करिब–करिब ६० किलोमिटर पश्चिम होला, माडी अथवा ठोरीमा । अहिलेको माडी र ठोरीको बीच–बीचमा पर्छ, त्यो । पहिलेको ठोरी नै हो, त्यो ठाउँ । त्यहाँ रामको जन्म भएको थियो र त्यसबेला त्यहाँको राजाको नाम थियो नेमी,’ उनले भने, ‘जसले ४२ सय वर्षअघि मेसोपोटामियामा आविष्कार भएको गाडा नेपालमा ४० सय वर्षअगाडि ल्याए र त्यसलाई घोडा लगाएर १० वटा रथ बनाए ।
१० वटा रथ बनाएकै कारणले गर्दा नेमीको नाम दशरथ रह्यो ।’ ओलीले त्रेता युग भएपछि विकास भएको पनि उल्लेख गरे । ‘सत्य युग भनेको एकदम पछाडि परेको जमाना हो, त्यसपछि त्रेता युगमा थौरै विकास (भयो),’ उनले भने ।

‘दाहाल–नेपाल देउवाको ढोका कुरेर बसेका छन्’

ओलीले झन्डै दुई तिहाइको सरकार ढालेपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई दशा लागेको र गठबन्धनका नाममा उनीहरूले शेरबहादुर देउवाको ढोका कुरेर ‘प्रसाद’ मागिरहेको टिप्पणी गरे । ‘झन्डै दुई तिहाइको सरकार ढालेर प्रचण्ड–माधवलाई दशा लाग्यो,’ उनले भने, ‘सरकार ढालेर गएका बिचराहरू ढोकाबाहिर कुरेर बस्या छन्, प्रसाद बाँड्न आउँछन् कि भनेर । कताका जंगेहरू कताका बुंगे भए ।’

उनले प्रधानमन्त्री बनाउने र ढाल्ने काम संसद्को भए पनि सर्वोच्च अदालतले संसारमा कहीं नभएको काम गरेको बताए । ‘एक पटक एक जनाले गोरु ब्याउँदैन भनेका थिए २०५२ सालतिर, नेपालको सर्वोच्च अदालतमा ब्यायो,’ उनले भने, ‘अहिले गोरु ब्यायो मात्रै होइन, पाँचवटा बाछा पायो, जसलाई गठबन्धन भनिएको छ ।’ उनले ओली सरकार ढाल्न अमेरिकाबाट इमेल आउने, न्यायाधीशको अभिव्यक्ति आउने काम भएको बताए । ‘केपी ओलीको सरकार ढाल्नुपर्ने ? न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ?’ उनले भने ।

अहिले राष्ट्रिय राजनीति दुई धारमा बाँडिएको उनले टिप्पणी गरे । ‘अहिले दुई धारमा देशको राजनीति छ, एउटा लोकतन्त्र र एउटा षड्यन्त्रको पक्षमा,’ उनले भने, ‘जालझेल, तिकडम, मुद्दामामिला । यसको पक्षमा एउटा टोली नै लागेको छ । जाली फटाहाको राजनीतिले देश बिगारेको छ ।’ उनले देशको अर्थतन्त्र ध्वस्त हुँदै गएको र यसबारे आफू चिन्तित बनेको बताए । उनले जनताको साथ सहयोगले आगामी निर्वाचनबाट जाली फटाहालाई ठेगान लगाउने दाबी गरे । ‘हामी दृढतापूर्वक अघि बढेका छौं, शान्तिपूर्ण आन्दोलनमा छौं, अब हामी निर्वाचनको माध्यमबाट जाली फटाहाहरूलाई ठेगान लगाइदिन्छौं,’ उनले भने ।
उनले जनतालाई भ्रममा पार्ने, अल्मल्याउने, गलत कुरा जनतामा सम्प्रेषण गर्ने, गलत कुरा बताउने षड्यन्त्रहरू भइरहेको भन्दै पत्रकारलाई त्यसलाई चिर्ने काम गर्न आग्रह गरे । ‘के–के सही, के–के गलत छुट्याउनुस्, सहीलाई समर्थन गर्नुस्, सहीलाई अगाडि बढाउनुस्, सहीको सम्मान हुन्छ,’ उनले भने । उनले एमालेका पक्षमा लेख्ने पत्रकार र पत्रिकालाई ‘एमालेको विरोध खै तपाईंको मिडियामा ? यो त एकपक्षीय भयो नि ?’ भनेर आरोप लगाउने गरेको बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago