काठमाडौँ: राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो ब्रोइलर कुखुराको मूल्य फेरि बढाएको छ । दानाजन्य कच्चा पदार्थको मूल्य निरन्तर बढेको जनाउँदै संघले यसअघि बढाएको चार दिन नबित्दै फेरि नयाँ मूल्य कायम गरेको हो ।
संघले यसअघि फागुन २३ गतेदेखि लागू हुनेगरी जिउँदाे ब्राेइलर कुखुराकाे मूल्य प्रतिकिलो १० रुपैयाँ बढाएर २ सय ९० रुपैयाँ तोकेको थियो । शुक्रबारदेखि थप १० रुपैयाँ बढाएर प्रतिकिलो ३ सय रुपैयाँ पुर्याइएको संघका सचिव देवकुमार गिरीले बताए । रुस युक्रेन युद्धकै कारण दानाको कच्चा पदार्थ भाउ अत्याधिक बढेको उनले बताए । ‘दानाका लागि चाहिने मकै, भटमासका कन्टेनरहरु आयात हुन सकेको छैन । समयमै पर्याप्त आयात नहुँदा यहाँ महँगो भइरहेको छ, त्यसको प्रभाव कुखुराको मूल्यमा पनि परेको छ,’ उनले भने ।
यसअघि माघ २३ गते प्रतिकिलो जिउँदो ब्रोइलरको मूल्य २ सय ४० रुपैयाँ थियो । त्यसपश्चात मूल्य निरन्तर बढेको छ । संघले फागुन ६ गते मूल्य बढाएर २ सय ६० रुपैयाँ, फागुन १४ गते फेरि बढाएर २ सय ७० रुपैयाँ पुर्याएको थियो । फागुन १८ गते २ सय ८० रुपैयाँ, २३ गते २ सय ९० पुर्याइएको थियो । जिउँदो ब्रोइलरको मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि उच्च कायम भइरहेको छ । व्यवसायीका अनुसार काठमाडाैं उपत्यकामा तयारी मासुको खुद्रा मूल्य प्रतिकिलो ४ सय ३० रुपैयाँ हाराहारीमा बिक्री भइरहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…