नागरिक लगानी कोषको नाफा बढ्यो, ईपीएस कति?

काठमाडौं: नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३८ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.७३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १९.५७ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी १९.११ प्रतिशत बढेको छ भने कुल खर्च १४.०५ प्रतिशत बढेको छ।

नाफा बढे पनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ रुपैयाँ ३२ पैसाबाट १५ रुपैयाँ ५० पैसा घटेर २३ रुपैयाँ ८२ पैसा पुगेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको यस्तो आम्दानी घटेको हो।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ९९.३१ प्रतिशत बढेको छ भने जगेडा कोष ५८.१३ प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago