प्रवेशी अन्तर्राष्ट्रिय विद्यार्थी तथा व्यवसायिक यात्रीहरुलाई जापान प्रवेश खुल्ला

जापान: जापानी आर्थिक दैनिक निक्केइ सिन्बुनमा प्रकाशित खबरअनुसार फेब्रुअरीको अन्त्यदेखि नव प्रवेशी अन्तर्राष्ट्रिय विद्यार्थी तथा व्यवसायिक यात्रीहरुलाई जापान प्रवेश खुल्ला हुनेछ ।पहिलो चरणमा प्रतिदिन १ हजार जना व्यवसायिक यात्री तथा विद्यार्थीहरुलाई जापान प्रवेश दिइनेछ, जसलाई क्रमिक रुपमा बढाइनेछ ।

निक्केइमा प्रकाशित समाचार अनुसार सीमा नियन्त्रणसम्बन्धि यो नयाँ नीति सरकारको आन्तरिक तथा अन्तरदेशिय छलफलको चरणमा रहेको र कोरोनाभाइरस संक्रमणको अवस्था हेरेर आगामी हप्तासम्ममा लागू हुनसक्ने छ ।

ओमिक्रोन भेरियन्टको फैलावटसंगै २०२१ को नोभेम्बरदेखि नवप्रवेशी विदेशीहरुको जापान प्रवेश रोकिएको थियो । जनवरीमा यसलाई बढाएर फेब्रुअरीको अन्त्यसम्म पुर्याइएको थियो । जापानको इमिग्रेशन सर्भिस एजेन्सीका अनुसार ततपश्चात जापान प्रवेश हुने विदेशीको संख्या घटेर औषतमा प्रतिदिन ७६७ जना पुगेको थियो ।

यद्यपी यो निक्केइले निकटतम सरकारी श्रोतहरुमार्फत पाएको जानकारी र विश्लेषणका आधारमा प्रकाशित खबर हो । सरकारी स्तरबाट भने यस विषयमा आधिकारिक जानकारी आइसकेको छैन ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago