बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक

काठमाडौं: नेपालमा बट्टाई पालन निकै फस्टाएको छ । बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ । बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक मानिन्छ । नेपालमा पाँच प्रजातिका बट्टाई पाइन्छन् ।
तीमध्ये ‘कमन क्वेल’ बट्टाई पाल्ने सोख र अन्डा वा मासु खाने कार्यमा प्रयोग हुन्छ । आजभोलि यसको अन्डा र मासुको व्यापार बढ्दै छ । बट्टाईलाई कागुनोको दाना खुवाइन्छ । अन्डामा भिटामिन ए, डी, बी तथा बी १२, लुटिन तथा जिएजेनथिन लगायतका तत्व पाइन्छ ।

यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ। बजारमा पाइने बट्टाईको अन्डामा अन्य पक्षीको अन्डामा भन्दा धेरै पौष्टिक आहार पाइने गरेको छ ।

संसारभर नै अण्डा खाने प्रचलन रहेको छ । विभिन्न पक्षीहरुको अण्डालाई उसिनेर वा विभिन्न परिकार बनाएर खाने गरिएको छ । आज हामी बट्टाईको अण्डा खाँदा हुने फाइदाहरुको बारेका कुरा गर्दैछौँ ।

बट्टाईको अण्डामा पोषण तत्व एकदमै बढि हुन्छ । बट्टाईको अण्डामा भिटामिन ए, बी, डी र बी १२, लुटिन तथा जिएजेनथीन अधिकमात्रामा हुन्छ । यी भिटामिन आँखाका लागि एकदमै लाभदायक मानिन्छ ।

बट्टाईको अण्डा खाँदा दम, निमोनिया, रुखाखोकी र ग्याष्ट्रिक नियन्त्रण गर्न सकिने विज्ञहरु बताउँछन् । बट्टाईको अण्डा सुगर र ब्लड प्रेशरका लागि रोगीका लागि पनि फाइदाजनक हुन्छ ।

शरिरमा रहेको अनावश्यक टक्सिन निकाल्न पनि बट्टाईको अण्डा लाभदायक रहेको छ । बट्टाइको अण्डाले मृगौला, कलेजो र गलब्लाडर स्वस्थ राख्न मद्दत गर्छ । हड्डी मजवुत बनाउन, छालालाई एलर्जीबाट बचाउँन, रगत शुद्धिकरण र हेमोग्लोविनको मात्रा बढाउन पनि बट्टाईको अण्डा सेवन गर्नु फाइदाजनक छ ।

बट्टाईको अन्डा कसरी खाने ? साधारणतया: बट्टाईको अन्डा काँचो खाँदा राम्रो मानिछ, किनकी यसमा जति पोस्टिक तत्व काँचोमा हुन्छ, त्यति पाकेकोमा हुँदैन। काँचो अन्डा खाँदा खासै स्वाद नहुने हुँदा सुन्तला, आँप या भुइँकटहरको जुसमा फिटेर खाँदा राम्रो मानिन्छ तर अन्डा भने ताजा हुन जरुरी छ ।

बट्टाईको अन्डामा कुखुराको भन्दा चार गुणा ज्यादा प्रोटिन हुने हुँदा यसका विभिन्न परिकार बनाएर खान सकिन्छ । बट्टाईको अन्डाबाट विभिन्न सुप, सलाद, मेन कोर्स र क्यानपी, स्टुहरु बनाउन सकिन्छ । यसलाई उसिनेर बिहानको खाजाको रुपमा पनि लिन सकिन्छ । यसलाई अम्लेट या पोच गरेर पनि सहज रुपमा खान सकिन्छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago