काठमाडौं: नेकपा मालेका महासचिव सीपी मैनालीले एमसीसीजस्तो नेपाललाई कुठाराघात गर्ने र द्वन्द्वको भुमरीमा होम्ने सम्झौता अनुमोदन गराउन नेकपा एमाले अध्यक्षका केपी ओलीसँग सहमति गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको नाम इतिहासमा कालो अक्षरले लेखिने बताएका छन् ।
नेता मैनालीले भने, “एमसीसी सहयोगका नाममा आएको अमेरिकी पासो हो । यो हात्तीको देखाउन दाँत मात्र हो । अमेरिकाले नेपाललाई आफ्नो नियन्त्रणमा ल्याएर चीनविरोधीमा मोर्चा संलग्न गराउन खोजेको छ ।

यो उसको आफ्नो विरोधीको विरुद्धमा प्रयोग गर्ने डिजाइन हो । नेपालको शान्ति र स्थिरतालाई खलबलाउने प्रयत्न हो । यो नेपालको विकासको बाधक छ ।” प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच एमसीसीजस्तो राष्ट्रघाती सम्झौता हुनु दुःखद भएको पनि उनले औंल्याए ।

मैनालीले भने, “एमसीसीजस्तो नेपाललाई कुठाराघात गर्ने र द्वन्द्वको भुमरीमा होम्ने सम्झौता अनुमोदन गराउन ओलीसँग सहमति गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको नाम इतिहासमा कालो अक्षरले लेखिनेछ ।

यसको जवाफ जनताले समयक्रममा दिने नै छन् । विगतमा पनि महाकाली सम्झौता गर्ने देउवा र अनुमोदन गर्ने ओली नै हुन् । तिनीहरुलाई माधव नेपालले पनि साथ दिएका थिए । हाम्रो अनुरोध छ, पास नगर्नुस् । अन्यथा हाम्रो विरोध जारी रहन्छ ।”

सभामुख अग्निप्रसाद सापकोटाले देशभक्तको काम गरिरहेको पनि मैनालीको दाबी छ । उनले भने, “एमसीसी राष्ट्रघाती सम्झौता हो ।सभामुख अग्निप्रसाद दिनसम्म थेग्न सक्नुहुन्छ रु उहाँविरुद्ध कुनै पनि हत्कण्डा प्रयोग हुन सक्छ । संवैधानिक र कानुनी बाध्यता पनि हुन सक्छ ।”

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago