चितवन: चितवनको इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ ।

गाउँपालिका प्रमुख गीताकुमारी गुरुङका अनुसार पालिकामा ४५ वर्ष उमेर नाघेर ७० वर्ष नपुगेका अविवाहित महिला तथा ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषको लगत सङ्कलनको काम सुरु गरेको छ । वडा कार्यालयबाट नामावली सङ्कलनका सुरु गरिएको हो । यसका लागि गाउँपालिकाले निर्माण गरेको कार्यविधिअनुसारको सामाजिक सुरक्षा भत्ता पाउन योग्यको सूची बुझाउन सम्बन्धित वडा कार्यालयलाई गाउँपालिकाले पत्राचार गरेको छ ।

गाउँपालिकाले कार्यविधि बनाएर सामाजिक सुरक्षा भत्ता दिन लागेको हो । गाउँपालिका यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरेको गुरुङले बताए । यसै वर्षबाट उनीहरुलाई सामाजिक सुरक्षा भत्ता दिन लागिएको हो । गाउँपालिकाले दिन लागेको सामाजिक सुरक्षा भत्ताको लक्षित समूहलाई केन्द्र सरकारबाट ७० वर्ष नकटुञ्जेल कुनै सुविधा नदिइने भएकाले उनीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले स्थानीय सरकारले भत्ताको व्यवस्था गर्न लागेको उनको भनाइ छ ।

पालिकाले यसअघि कृषकलाई कुखुराको चल्ला वितरण, छोरी जन्माउनेलाई रु १० हजार खातामा राख्नेजस्ता महत्वपूर्ण काम गरिसकेको छ । विकास निर्माणसँगै सामाजिक काममा गाउँपालिका अग्रसर भएर लागेको उपाध्यक्ष कृतिकुमार श्रेष्ठले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago