त्रिवि अन्तर्गत बीआईटीमा भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरूमा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बीआईटी) मा भर्ना खुलेको छ । ग्रेडिङ सिस्टम अनुसार पठनपाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तहको सूचना प्रविधि विषयका लागि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले प्रवेश परीक्षा तथा नयाँ भर्ना सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो ।

जसअनुसार विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्रवेश परीक्षा सम्बन्धी वेबसाइट (वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्) राखिएको बीआईटी प्रवेश परीक्षाको लिङ्कमा गएर । इच्छुक विद्यार्थीहरू स्वयम्‌ले आवेदन फारम अनलाइनबाट भर्नुपर्नेछ ।

यद्यपि यो वेब पेज आउँदो माघ ३ गते बिहान १० बजेपछि मात्रै लाइभ हुनेछ । त्यसपछि वेबसाइटमार्फत आवेदन सब्मिट गर्न सकिनेछ । भर्ना आवेदन दिने समय माघ ३ गते बिहान १० बजेदेखि माघ २५ गतेसम्म निर्धारण गरिएको छ ।

यद्यपि दोब्बर दस्तुर बुझाउनेले भने माघ २७ गतेदेखि फागुन ४ गते साँझ ५ बजेसम्म आवेदन दिने मौका पाउनेछन् । आवेदनका लागि १५०० रुपैयाँ शुल्क तोकिएको छ ।

प्रवेश परीक्षाको मिति, समय र केन्द्र पछि प्रकाशित गरिने भन्दै डीनको कार्यालयले थप जानकारीका लागि संस्थानको वेबसाइटबाट डाउनलोड गर्न सकिने उल्लेख गरेको छ । यसका साथै संस्थान अन्तर्गतकै चार वर्षे स्नातक तह कम्प्युटर तथा सूचना प्रविधि बीएससी सीएसआईटी विषयको प्रवेश परीक्षा तालिका समेत सार्वजनिक भएको छ ।

आवेदन फाराम भर्ने विद्यार्थीहरूका लागि प्रकाशित गरिएको सूचना अनुसार आगामी माघ २२ गते शनिबार दिनको १२ बजेदेखि २ बजेसम्म प्रवेश परीक्षा सञ्चालन हुनेछ । यसका लागि माघ ४ गतेसम्म अनलाइन आवेदन भरिसक्नुपर्ने छ । यदि तपाईं यो विषयका लागि इच्छुक हुनुहुन्छ र आवेदन भर्न बाँकी छ भने यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago