त्रिवि अन्तर्गत बीआईटीमा भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरूमा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बीआईटी) मा भर्ना खुलेको छ । ग्रेडिङ सिस्टम अनुसार पठनपाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तहको सूचना प्रविधि विषयका लागि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले प्रवेश परीक्षा तथा नयाँ भर्ना सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो ।

जसअनुसार विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्रवेश परीक्षा सम्बन्धी वेबसाइट (वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्) राखिएको बीआईटी प्रवेश परीक्षाको लिङ्कमा गएर । इच्छुक विद्यार्थीहरू स्वयम्‌ले आवेदन फारम अनलाइनबाट भर्नुपर्नेछ ।

यद्यपि यो वेब पेज आउँदो माघ ३ गते बिहान १० बजेपछि मात्रै लाइभ हुनेछ । त्यसपछि वेबसाइटमार्फत आवेदन सब्मिट गर्न सकिनेछ । भर्ना आवेदन दिने समय माघ ३ गते बिहान १० बजेदेखि माघ २५ गतेसम्म निर्धारण गरिएको छ ।

यद्यपि दोब्बर दस्तुर बुझाउनेले भने माघ २७ गतेदेखि फागुन ४ गते साँझ ५ बजेसम्म आवेदन दिने मौका पाउनेछन् । आवेदनका लागि १५०० रुपैयाँ शुल्क तोकिएको छ ।

प्रवेश परीक्षाको मिति, समय र केन्द्र पछि प्रकाशित गरिने भन्दै डीनको कार्यालयले थप जानकारीका लागि संस्थानको वेबसाइटबाट डाउनलोड गर्न सकिने उल्लेख गरेको छ । यसका साथै संस्थान अन्तर्गतकै चार वर्षे स्नातक तह कम्प्युटर तथा सूचना प्रविधि बीएससी सीएसआईटी विषयको प्रवेश परीक्षा तालिका समेत सार्वजनिक भएको छ ।

आवेदन फाराम भर्ने विद्यार्थीहरूका लागि प्रकाशित गरिएको सूचना अनुसार आगामी माघ २२ गते शनिबार दिनको १२ बजेदेखि २ बजेसम्म प्रवेश परीक्षा सञ्चालन हुनेछ । यसका लागि माघ ४ गतेसम्म अनलाइन आवेदन भरिसक्नुपर्ने छ । यदि तपाईं यो विषयका लागि इच्छुक हुनुहुन्छ र आवेदन भर्न बाँकी छ भने यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago