ट्रेडरहरुले नाफा बुक गर्नाले नेप्से सूचक ३०.५१ अंकले घटेर २८०३.६३ विन्दुमा

काठमाडौं : पछिल्ला दिनहरुमा निरन्तरजसो बढेको सेयर बजारमा बुधबार करेक्सन आएको छ । ट्रेडरहरुमा नाफा बुक गर्ने सोच देखिंदा बजारमा सामान्य करेक्सन आएको हो । नेप्से करेक्सन भइरहँदा खरिदबिक्री रकममा भने उत्साहप्रद हिसाबले वृद्धि भएको छ । यस दिन नेप्से सूचक ३०.५१ अंकले घटेर २८०३.६३ विन्दुमा अडिएको छ । नेप्से इन्ट्रा डे मा २८७४ विन्दुसम्म पुगेको थियो । यसअघिको २८७८ विन्दु परीक्षण गर्नेक्रममा सूचकमा सामान्य गिरावट आएको हो । यस दिन ८ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो बजारको पछिल्लो वृद्धि यात्रा सुरु भएयताकै सबैभन्दा धेरै कारोबार रकम हो । ४ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । बजार आम लगानीकर्ताका लागि मनोवैज्ञानिक हिसाबले समेत निकै महत्वपूर्ण मानिएको २८ सय विन्दुभन्दा माथि नै रोकिएको छ । केही करेक्सनहरुका बाबजुत औसतरुपमा र दीर्घकालीन हिसाबले बजारको गति सकारात्मक र बुल ट्रेन्डमै रहने विश्लेषकहरुले बताएका छन् । प्राविधिक विश्लेषकहरुको यही भनाई रहेको छ ।

छोटो समयमै साढे ५ सय हाराहारीमा बढेको बजारमा करेक्सन आउनुलाई सामान्य मानिएको छ । करेक्सनपछि बजार थप सबल र स्वस्थ हुने विश्लेषकहरु बताउँछन् । बजार सधैं एउटै गतिमा मात्र हिँड्दैन । तलमाथि हुँदै अघि बढ्ने यसको विशेषता हुन्छ । यो विषयलाई आम लगानीकर्ताले पनि मनन् गर्नुपर्ने हुन्छ । यद्यपि, औसतमा बजारको गति सकारात्मक नै रहनेछ । बुल यात्रा जारी रहेको विश्लेषणहरु भइरहेका छन् ।

हाम्रो सेयर बजारमा नीतिगत प्रभाव सबैभन्दा बढी पर्ने गरेको छ । पछिल्ला दिनहरुमा केन्द्रीय बैंक र अर्थ मन्त्रालयले तरलता सहज बनाउन केही नीतिगत कदमहरु चालेकाले त्यसको औसत अवस्था र विशेष गरेर दीर्घकालमा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिने विश्लेषणहरु भइरहेका छन् ।

अहिले चालिएका नीतिगत सुधारका कामहरुले पनि बजारलाई सकारात्मक प्रभाव नै पर्नेछ । स्थानीय तहमा जाने बजेटमध्ये ८०% लाई निक्षेपमा गणना गर्न पाइने, आयातमा कडाई, सुनचाँदी आयातमा पनि नियन्त्रण अनि डलर लैजान पाउने सीमामा नियन्त्रण लगायतले आन्तरिक बजारमा तरलता सहज हुँदै जाने अपेक्षा गरिएको छ । यसैगरी, बिमा समितिले बिमा कम्पनीहरुलाई नगद लाभांश दिन रोक्ने र बोनसमा जोड दिने निर्णय गरेको छ ।

हाम्रो बजारले बोनस सेयर रुचाउने भएकाले पनि यसको सकारात्मक प्रभाव बिमा कम्पनीहरुको बजार मूल्यमा परिरहेको छ । यस्तै, माघ लाग्नै लाग्दा सरकारी खर्च बढ्ने प्रक्षेपणहरु भइरहेका छन् । कोरोना संक्रमण फैलिन थालेकाले लगानीका अरु क्षेत्रहरु संकुचित हुन थालेका छन् । यस्तै, स्थानीय निकायको निर्वाचन मिति पनि नजिक आइसकेको छ । चुनावका कारण तरलता थप सहज हुने अनुमान गर्न सकिन्छ ।


बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धा, कम्पनीहरुको चुक्ता पुँजी कति छ ? नियमनको अवस्था कस्तो छ ? भन्ने विषयतर्फ पनि अध्ययन गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् । लगानीकर्ताले कुन उद्देश्यले सेयर किन्ने हो ? आफू इन्भेष्टर र कि ट्रेडर भन्नेसमेत ध्यान दिंदै सोही अनुसार रणनीतिहरु तय गर्नुपर्ने हुन्छ ।

सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । यसैगरी, लगानी गरिने क्षेत्र तथा समूहहरुको तुलनात्मक अध्ययन, इन्डस्ट्री ग्रोथ रेट लगायतका सूचकहरुमा पनि लगानीकर्ताले अध्ययन गर्नुपर्ने हुन्छ । ब्लुचीप कम्पनी छान्ने कि ग्रोथ ओरियन्टेड कम्पनी छनोट गर्ने भन्नेमा पनि योजना बनाउन विश्लेषकहरुले सुझाव दिने गरेका छन् ।

यस दिन २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । २८ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा एचआइडीसीएल र तेस्रोमा अपि पावर परेका छन् । १३ मध्ये ३ वटा समूह हरिया भएका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago