काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ३१ हजार ७२९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न सकिने गरी विक्रीमा ल्याएको एक सुचना जारी गर्दै जनाउको छ ।
कम्पनीले रुपेश थापाको नाममा रहेको ४ हजार ८३५ कित्ता र श्रीराम पाण्डेको नाममा रहेको नाममा रहेको २६ हजार ८९४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । कम्पनीले पुस २८ गते विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री खुला गरेको हो ।
यस शेयर खरीद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर,काठमाडौंमा निवेदन दिनु पर्नेछ ।
यसअघि कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो । उक्त अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरुमा यस शेयर विक्री गर्न लागेको हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…