सिक्लेस हाइड्रोपावर कम्पनीले आइपीओ भदौ २९ गतेदेखि खुल्ने

काठमाडाैँ – सिक्लेस हाइड्रोपावर कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ। यही भदौ २९ गते बुधबारदेखि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको कम्पनीले जनाएकाे छ ।

जसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार साे आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ। यस अवधिमा सबै सेयर बिक्री नभएमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जनाएकाे छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago