नवलपुर समाज-जापानको तीज धमाका कार्यक्रम हुँदै ।

कावासाकी,जापान । नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नवलपुर समाज-जापानले “तीज धमाका” विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

नेपालका चर्चित तथा जापानमा रहेर सांगीतिक कर्म गर्दै आएका गायक-गायिकाको साथमा यही अगष्ट २९ गते सोमवार सो कार्यक्रम गर्न लागिएको हो । तीजको दर खाने दिन दिउँसो ३ बजेबाट शुरू गर्ने योजना रहेको “तीज धमाका” कार्यक्रम कावासाकी स्टेसनसंगै रहेको व्यापारिक केन्द्र लाजोनाको ५ औं तल्लामा रहेको हलमा राखिएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले जानकारी दिनुभयो । 

संयोजक कँडेलका अनुसार, कार्यक्रममा सहभागिताका लागि साधारण टिकट २ हजार येनको र भिआईपी टिकट १ मान येनको क़ायम गरिएको छ । कार्यक्रममा नेपाली लोकसंगीतका पूराना अनि लोकप्रिय गायक-गायिका बद्री पंगेनी र सम्झना भण्डारीका साथमा जापानमा रहेका संगीतकर्मीहरू अमित सापकोटा, निशा क्षेत्री, खेमराज पौडेल, शान्ता जि.सी., शिवा के.सी.लगायतले आफ्नो धमाकेदार प्रस्तुति दिने नवलपुर समाज-जापानले जनाएको छ । 

“हामीले नवलपुर जिल्लाबाट नेपाली गीतसंगीतको क्षेत्रमा उदाएका धेरै कलाकारहरूलाई ल्याउने प्रयास गरेकापनि हौं”, संयोजक कँडेलले भने,”तर नेपालस्थित जापानी दूतावासबाट भिसा सुनिश्चित हुन नसक्दा त्यो चाहना भने पूरा गर्न सकेनौं ।”  नवलपुर समाज-जापानका अध्यक्ष कृष्ण खरेलले कोरोना कहरका कारण केही वर्षदेखि गुम्सिएका रहरलाई पूरा गराउनका लागि तीज धमाकाको आयोजना गरिएको स्पष्ट पारे । “परदेशमा रहेरपनि नेपाली कला-संस्कृति अनि रितिथितिको सम्झना र जगेर्ना गर्ने उद्देश्यले हामीले यो कार्यक्रमको आयोजना गरेका हौं”, अध्यक्ष खरेलले भने,”वर्षौदेखिको साथीसंगी अनि ईष्टमित्रसंग भेटघाट अनि जमघट हुने चाहनालाई यो कार्यक्रमले परिपूर्ति गर्ने विश्वास हामीले लिएका छौं ।” सो कार्यक्रमलाई भव्य अनि सभ्य किसिमले सम्पन्न गर्नका लागि नवलपुरवासी तथा जापानमा कार्यक्रम स्थल वरपर रहनु भएका सबै नेपाली समुदायलाई सहभागिताका लागि नवलपुर समाज-जापानले अनुरोध गरेको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago