नवलपुर समाज-जापानको तीज धमाका कार्यक्रम हुँदै ।

कावासाकी,जापान । नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नवलपुर समाज-जापानले “तीज धमाका” विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

नेपालका चर्चित तथा जापानमा रहेर सांगीतिक कर्म गर्दै आएका गायक-गायिकाको साथमा यही अगष्ट २९ गते सोमवार सो कार्यक्रम गर्न लागिएको हो । तीजको दर खाने दिन दिउँसो ३ बजेबाट शुरू गर्ने योजना रहेको “तीज धमाका” कार्यक्रम कावासाकी स्टेसनसंगै रहेको व्यापारिक केन्द्र लाजोनाको ५ औं तल्लामा रहेको हलमा राखिएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले जानकारी दिनुभयो । 

संयोजक कँडेलका अनुसार, कार्यक्रममा सहभागिताका लागि साधारण टिकट २ हजार येनको र भिआईपी टिकट १ मान येनको क़ायम गरिएको छ । कार्यक्रममा नेपाली लोकसंगीतका पूराना अनि लोकप्रिय गायक-गायिका बद्री पंगेनी र सम्झना भण्डारीका साथमा जापानमा रहेका संगीतकर्मीहरू अमित सापकोटा, निशा क्षेत्री, खेमराज पौडेल, शान्ता जि.सी., शिवा के.सी.लगायतले आफ्नो धमाकेदार प्रस्तुति दिने नवलपुर समाज-जापानले जनाएको छ । 

“हामीले नवलपुर जिल्लाबाट नेपाली गीतसंगीतको क्षेत्रमा उदाएका धेरै कलाकारहरूलाई ल्याउने प्रयास गरेकापनि हौं”, संयोजक कँडेलले भने,”तर नेपालस्थित जापानी दूतावासबाट भिसा सुनिश्चित हुन नसक्दा त्यो चाहना भने पूरा गर्न सकेनौं ।”  नवलपुर समाज-जापानका अध्यक्ष कृष्ण खरेलले कोरोना कहरका कारण केही वर्षदेखि गुम्सिएका रहरलाई पूरा गराउनका लागि तीज धमाकाको आयोजना गरिएको स्पष्ट पारे । “परदेशमा रहेरपनि नेपाली कला-संस्कृति अनि रितिथितिको सम्झना र जगेर्ना गर्ने उद्देश्यले हामीले यो कार्यक्रमको आयोजना गरेका हौं”, अध्यक्ष खरेलले भने,”वर्षौदेखिको साथीसंगी अनि ईष्टमित्रसंग भेटघाट अनि जमघट हुने चाहनालाई यो कार्यक्रमले परिपूर्ति गर्ने विश्वास हामीले लिएका छौं ।” सो कार्यक्रमलाई भव्य अनि सभ्य किसिमले सम्पन्न गर्नका लागि नवलपुरवासी तथा जापानमा कार्यक्रम स्थल वरपर रहनु भएका सबै नेपाली समुदायलाई सहभागिताका लागि नवलपुर समाज-जापानले अनुरोध गरेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago