चर्चित मिडियाकर्मि रवि लामिछाने काठमाडौ ४ बाट उठ्ने, सबै जना उत्साहित!

काठमाडौं: आसन्न संसदीय चुनाव लड्न नाम चलेका र जनताको सेवामा बर्षौदेखि खटिएकाहरु स्वतन्त्र उम्मेदवारी घोषणा गर्न थालेका छन् ।काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले शानदार जित हासिल गरेसँगै थुप्रै जल्दाबल्दा युवाहरू यसै वर्ष हुने प्रतिनिधिसभाको चुनाव लड्न जुर्मुराएका हुन् ।

केहीले स्वतन्त्र उम्मेदवारीको घोषणा पनि गरिसके । यही मेलोमा लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने पनि काठमाडौंमा चुनाव भिड्न आँटेको चर्चा व्याप्त भइरहेको छ । उनले ग्यालेक्सी टिभी छोडेर चुनावमा होमिन लागेको भन्ने समाचारले तहल्का मच्चाएपछि लामिछानेले बल्ल मुख खोलेका छन् ।

उनले आफू संसदीय चुनावमा उम्मेदवारी दिने विषयमा छलफल गरिरहेको तर निस्कर्षमा नपुगेको बताए । विभिन्न पक्षबाट आफूलाई यस्तो आग्रह गरिएको भन्दै उनले केही दिनमा टुंगो लगाउने जानकारी दिए ।

‘अहिले लड्छु वा लड्दिन भनेर निधो गरिसकेको छैन,’ लामिछानेले भने, ‘यति ठूलो डिसिजन गरेँ भने पहिले त म आफैं लेखिहाल्छु नि । अहिले आएका समाचार आधिकारिक होइनन् ।’
‘प्रस्तावहरू त आइरहेका छन् । कतिपय ठूला पार्टीकै नेताहरूले पनि अनौपचारिकरूपमा कुरा गर्नुभएको छ । तर, मैले चाहिँ निर्णय लिइसकेको अवस्था होइन । अहिले छलफल गरिरहेको छु,’ उनले भने ।

संसदीय चुनावको मिति घोषणा भइनसक्दै काठमाडौंमा थुप्रैले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । विवेकशीलका पूर्वनेता पुकार बम, भाइरलम्यान मुकुन्द घिमिरे, विवेकशीलकै पूर्वनेतृ रञ्जु दर्शना, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पुत्री मानुषी भट्टराई, सम्पदाविद सुमन सायमी लगायतले काठमाडौंमा स्वतन्त्र उम्मेवारी दिने बताएका छन् ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago