बलिउड अभिनेता सलमान खानको हत्या प्रयास

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास भएको छ। भारतको टाइम्स न्यूज नेट्वर्कका अनुसार अभिनेता खानमाथि पञ्जावी गायक सिन्धु मुजवालाको हत्यामा संलग्न समूहबाटै आक्रमण प्रयास भएको हो। यो समूहले सलमानको हत्या गर्न सार्प सुटर नै खटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ती सार्प सुटर सलमानकै मुम्बईस्थित घरबाहिर कुरेर बसिरहेको खुलेको छ। सलमानले हरेक बिहान साइक्लिङ जाँदा सुरक्षा गार्ड लिएर नहिँड्ने सूचना मिलेपछि त्यो समूहले घर आसपासमै हत्या योजना बनाएको बताइएको छ। पञ्जावी गायक सिन्धु मुजवालाकै हत्यामा संलग्न मानिएका लरेन्स बिस्नोईले सलमानमाथि आक्रमण गर्न सार्प सुटर खटाएको टाइम्स नेट्वर्कले जनाएको छ।

सलमानले घर छाड्नै लागेका बेला सार्प सुटरले उनीमाथि आक्रमण गर्न लागेका थिए। तर त्यही बेला मुम्बई प्रहरीको एउटा टोली उनको घरको गेटमा पुगेपछि घटना टरेको खुलेको छ।

हत्या योजना बनाइएको दिन दिउँसो एक सार्वजनिक कार्यक्रममा सलमान सहभागी हुने भएकाले बिहानै प्रहरी उनको स्कर्टिङमा पुगेको थियो। सलमानमाथि आक्रमण गर्नै लाग्दा प्रहरी पुगेपछि सार्प सुटरहरुले योजना परिवर्तन गरेर त्यहाँबाट भागेको समाचारमा जनाइएको छ।केही दिनअघि यही समूहले सलमान र उनका बाबु सलिम खानको हत्या गर्ने धम्की दिएको खुलेको थियो।

धम्कीपछि मुम्बई प्रहरीले दुवैको सुरक्षा बढाएको थियो। सलमानलाई मार्ने धम्की आएपछि मुम्बई क्राइम ब्रान्चको एक टोली उनको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’ पुगेको थियो।

५ जुनमा सलमानलाई धम्कीपूर्ण चिठी पठाएर मार्ने धम्की दिइएको थियो। सलमानले सधैँ मर्निङवाक जाने ठाउँमा उक्त धम्कीसहितको चिठी भेटेका थिए।
उक्त जुन चिठीमा सलमान र सलिमलाई उनीहरुको अवस्था केही दिनअघि हत्या गरिएका पञ्‍जावी गायक सिद्धु मुजवाला जस्तो हुने चेतावनी दिइएको थियो।

त्यही बेला नै प्रहरीले सलमानलाई लरेन्स विश्नोई समूहले धम्की दिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो। अहिले त्यही समूहले सार्प सुटर खटाएको खुलेको छ।

मुजवालाको हत्यापछि नै सलमानको सुरक्षा बढाइएको थियो। सन् २००८ मा पनि कालो हरिण मारेको घटनामा विश्नोईले सलमानलाई मार्ने धम्की दिँदै आएको थियो।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago